Logo

कर्पोरेट-बजार

इक्यान अध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित


GDP नेपाल
   १ माघ २०८२, बुधबार


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्रयु) निर्वाचित भएका छन्।

एजुकेशन कन्सल्टेन्सी सञ्चालकहरूको साझा संस्था इक्यानको २०औँ साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको थियो। साधारणसभाले आगामी दुई वर्षका लागि पौडेललाई अध्यक्षमा चयन गरेको हो।

उनले प्रतिस्पर्धी दीपकराज भुसाललाई पछाडि पार्दै आफ्नो बहुमत टोलीसहित विजयी हासिल गरेका छन्।

महासचिव पदमा भुसाल समूहका भवनाथ हुमागाई निर्वाचित भएका छन् भने उपाध्यक्षमा बासुदेव दाहाल र गीता शिवाकोटी एन्ड्रयु समूहबाट र विकल्पराज पोखरेल भुसाल समूहबाट निर्वाचित भएका छन्। कोषाध्यक्षको जिम्मेवारी साधना पुडासैनीले सम्हाल्ने भएकी छन्।

नवनिर्वाचित कार्यसमितिको अध्यक्ष लक्ष्मण पौडेल, उपाध्यक्षहरू बासुदेव दाहाल, विकल्पराज पोखरेल र गीता शिवाकोटी रहेका छन् । त्यस्तै, महासचिवमा भवनाथ हुमागाई, सचिवहरूमा सुरज सिलवाल, आशिक कार्की र कोषाध्यक्षमा साधना पुडासैनी रहेका छन् । सह–कोषाध्यक्षमा गोविन्द खनाल रेहका छन् भने सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सन्जीव पाण्डे, शिवप्रसाद अर्याल र कमलप्रसाद तिमल्सिना रहेका छन् । 

प्रकाशित : १ माघ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह