काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको आफ्नो ३९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा शेयरधनी महानुभावको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू प्रस्तुत गरिनुका साथै आवश्यक छलफल गरिएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाहको क्षेत्रमा पनि २० अर्ब ८४ करोड रुपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ ।
यसैगरी, बैंकले आफ्नो लगानीलाई ३५ अर्ब ८७ करोड रुपैयाँले बढाउँदै १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्याएको छ । संस्थाको इक्विटितर्फ, ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
बैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्स्टेन्सन काउन्टर एवं ६० शाखारहित बैंकिङमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।










प्रतिक्रिया