Logo

कर्पोरेट-बजार

सुनको मूल्य तोलामा २ हजार ९ सय रूपैयाँले घट्यो


GDP नेपाल
   ९ माघ २०८२, बिहिबार


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीवार सुनको मूल्य तोलामा २ हजार ९ सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कारोबार भईरहेको छ ।
बुधबार सुन मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँ घटेको हो ।

अघिल्लो दिन चाँदी प्रतितोला प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको चाँदी आज ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : ९ माघ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह