Logo

कर्पोरेट-बजार

लोकमान्य गोल्छा पोल्यान्डको ‘अफिसर्स क्रस अफ द अर्डर अफ मेरिट’ पदकबाट विभूषित


GDP नेपाल
   १६ माघ २०८२, बिहिबार


काठमाडौं । नेपालका प्रतिष्ठित व्यवसायी लोकमान्य गोल्छा पोल्यान्ड सरकारले प्रदान गर्ने ‘अफिसर्स क्रस अफ द अर्डर अफ मेरिट अफ पोल्यान्ड’ (Officer’s cross of the order of merit of the republic of Poland) पदकबाट विभूषित भएका छन् । गोल्छा नेपालका लागि गणतन्त्र पोल्यान्डका अवैतनिक वाणिज्यदूत हुन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि गणतन्त्र पोल्यान्डका कार्यबाहक राजदूत डा. पिओत्र स्विताल्स्की (Dr. Piotr Switalski, Charge d’Affaires of the Republic of Poland) ले गोल्छालाई उक्त पदक हस्तान्तरण गरेका हुन् । 

समारोहलाई सम्बोधन गर्दै कार्यबाहक राजदूत स्विताल्स्कीले नेपाल–पोल्यान्ड सम्बन्धका विविध क्षेत्रमा गोल्छाले पुर्‍याएको असाधारण योगदानको कदरस्वरुप सो पदक प्रदान गरिएको बताए । गोल्छाले कोभिड–१९ महामारीका बेला देखाएको समर्पण र साहसको पनि राजदूत स्विताल्स्कीले प्रशंसा गरे । गोल्छालाई पोल्यान्डको असल साथीको उपमा दिएका कार्यबाहक राजदूतले नेपालको समृद्धिमा गोल्छा र उनी मातहतका व्यवसायले दिएको योगदानको पनि चर्चा गरेका थिए । 

त्यस्तै, गोल्छाले उक्त पदकलाई आफूले व्यक्तिगत सम्मानको रुपमा मात्र नलिएर नेपाल र पोल्यान्डबीचको लामो मित्रता, सद्भाव र सहकार्यको अर्थपूर्ण प्रतीकको रुपमा लिएको बताए । यो सम्मानले आफूलाई दुई मुलुकबीचको बलियो सहकार्य र अझ गहिरो समझदारीको लागि योगदान गर्न प्रेरित गरेको उनले जनाए ।

आफू विश्वास, सहकार्य र आपसी सम्मानबाट मात्रै प्रगति हासिल हुन्छ भन्नेमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै गोल्छाले पोलिस मित्र र साझेदारहरुसँगको अन्तरक्रियाले आफ्नो विश्वासलाई अझै बलियो बनाएको उल्लेख गरे । भौगोलिक हिसाबले टाढा रहेका दुई मुलुकहरुबीच साझा मूल्य, इमानदारी र एकअर्काबाट सिक्ने वास्तविक इच्छाको धरातलमा कसरी सहकार्य सम्भव हुन्छ भन्ने कुरा आफूले प्रत्यक्ष देखेको पनि उहाँले बताए ।

गोल्छाले पाएको पदक गणतन्त्र पोल्यान्डका राष्ट्रपतिले प्रदान गर्ने पाँच श्रेणीको नागरिक सम्मानमध्ये चौथो दर्जाको हो । विशेष गरी विदेशी र देशबाहिर रहेर असाधारण योगदान गर्ने पोलिस नागरिकलाई प्रदान गरिने यो पदकको स्थापना सन् १९७४ मा भएको हो । अन्तर्राष्ट्रिय सहकार्य वा पोल्यान्ड र अन्य मुलुकबीच सुमधुर सम्बन्ध विकासमा असाधारण योगदान गर्ने व्यक्तिलाई यो पदक दिने चलन छ । 

प्रकाशित : १६ माघ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह