Logo

बिजनेस होम

काठमाडौंमा छिटपुट वर्षा: तापक्रम १२ डिग्री सेल्सियस, आजको मौसम कस्तो रहला ?


gdpnepal
   ८ फाल्गुन २०८२, शुक्रबार


काठमाडौं । काठमाडौं उपत्यकामा छिटपुट वर्षा भएको छ ।शुक्रबार बिहानै पानी परे तापक्रम भने झनै बढेर १२ डिग्री सेल्सियस पुगेको छ। 

बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको हो । बिहीबार तापक्रम१० डिग्री सेल्सियसमा उक्लिएको थियो।

देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । 

मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका बाँकी भूभाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले प्रष्ट पारेको छ । 

 

प्रकाशित : ८ फाल्गुन २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह