काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । चारवटा प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा र बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लाग्ने बताएको छ । हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।










प्रतिक्रिया