Logo

राजनीति

एनेस्थेसियोलोजिस्ट नहुँदा सिन्धुली अस्पतालमा एक महिनादेखि शल्यक्रिया रोकियो !


gdpnepal
   २७ फाल्गुन २०८२, बुधबार


रामेछाप । सिन्धुली अस्पतालमा एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा शल्यक्रिया सेवा बन्द भएको छ ।
को सेवा एक महिनादेखि ठप्प हुँदा बिरामीले हैरानी खेप्नु परेको छ । एनेस्थेसियोलोजिस्ट नहुँदा हाल अस्पतालको शल्यक्रिया (अप्रेसन) सेवा पूर्ण रूपमा ठप्प भएको छ।
अस्पतालबाट शल्यक्रिया गर्नुपर्ने सबै बिरामी रिफर गर्नु परेको अस्पताल प्रशासनले जनाएको छ । सो अस्पतालमा हाडजोर्नी, एपेण्डिकसाइड, बच्चा जन्माउने महिला लगायतका अपरेसन रोकिएको छ ।

जिल्लामा १० हजार रुपैयाँमा शल्यक्रिया सकिने बिरामीलाई उपचारको लागि धुलिखेल वा जनकपुर लैजान एम्बुलेन्स खर्च मात्रै १० हजार रुपैयाँ लाग्ने स्थानीयको गुनासो छ । जिल्लामा हाडजोर्नीका दुई जना विशेषज्ञ डाक्टर रहे पनि सामान्य अप्रेसनसमेत हुन सकेको छैन ।

सिन्धुली अस्पतालमा भए करिब १० हजार रुपैयाँमा सकिने उपचारका लागि उनले १० हजारभन्दा धेरै त एम्बुलेन्स खर्च मात्र तिर्नुपरेको छ। सिन्धुली अस्पतालको अप्रेसन सेवा बन्द हुँदा धेरै नागरिक काठमाडौं र जनकपुर पुगेर महँगोमा उपचार गराउन बाध्य भएका छन्। पछिल्लो समय सिन्धुली अस्पतालमा १ वर्षको बिचमा ५ सय भन्दा धेरै शल्यक्रिया भएका थिए । तर एक जना विशेषज्ञ डाक्टरको अभावले सिङ्गो जिल्लाका बिरामीले सेवा पाउने सेवा रोकिएको छ ।

वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले विशेषज्ञ नहुँदा सेवा प्रभावित भएको बताउँदै तुरुन्तै विज्ञापन निकालेर विशेषज्ञ पठाउने बताए । त्यसअघि गर्न सकिने वैकल्पिक व्यवस्था गर्ने उनले जानकारी दिए ।

प्रकाशित : २७ फाल्गुन २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह