Logo

कर्पोरेट-बजार

शुक्रबार काठमाडौंमा बहुगन्तव्य शैक्षिक मेला हुने


GDP नेपाल
   ५ चैत्र २०८२, बिहिबार


काठमाडौं । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘बहुगन्तव्य शैक्षिक मेला’ हुने भएको छ ।

गोरेटो एजुकेसन कन्सल्टेन्सीको आयोजनामा भोली शुक्रबार बागबजारस्थित सल्यान हाउसमा मेला आयोजना गर्न लागेको हो । गोरेटोका मुख्य कार्यकारी अधिकृत ९सीईओ० धिरज कँडेलका अनुसार मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

मेलामा विशेषगरी अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकाका शैक्षिक अवसरबारे विस्तृत जानकारी दिइने आयोजकले जनाएको छ । मेलामा १५ भन्दा बढी अन्तर्राष्ट्रिय कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको प्रत्यक्ष सहभागिता रहनेछ ।

विद्यार्थीले ती प्रतिनिधिसँग आफ्नो अध्ययन योजना, रुचिअनुसारका पाठ्यक्रम, छात्रवृत्ति सुविधा, भर्ना प्रक्रिया र भिसा मार्गनिर्देशनका विषयमा प्रत्यक्ष परामर्श लिनेछन्।

एउटै थलोमा विभिन्न देशका शैक्षिक विकल्पबारे बुझ्न र तुलना गर्न सकिने भएकाले यो मेला विद्यार्थीका लागि निकै फलदायी हुनेछ, बजार व्यवस्थापक प्रकाश रेग्मीले भने । विदेशमा उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थी र अभिभावकलाई मध्यनजर गर्दै यो मेला गरिएको हो ।

प्रकाशित : ५ चैत्र २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह