Logo

बिजनेस होम

आज मौसम असामान्य: देशभर हावाहुरीसहित पानी पर्ने, कहाँ कहाँ हुँदैछ भारी वर्षा ?


gdpnepal
   २५ चैत्र २०८२, बुधबार


काठमाडौं । देशका विभिन्न ठाउँमा बुधवार (आज) मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको जनाएको छ । 

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार, सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । कोसी र वाग्मती प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरू, मधेस प्रदेशसहित तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

“सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरू, कोसी र वाग्मती प्रदेशको पहाडी र हिमाली भूभागका केही ठाउँहरू, मधेस प्रदेशसहित तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ,” मौसमविद् लामिछानेले भने । 

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । आजदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाउन उनले अनुरोध गरे । 

बुधबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ ।

“गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस, लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशको पहाडी र तराई भूभागमा केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ,” विभागले भनेको छ । 

आज राति, देशभर साधारणतया बादल लाग्नेछ । कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

 

प्रकाशित : २५ चैत्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह