Logo

कर्पोरेट-बजार

सुविसुले २ हजार १८ रुपैयाँमा सेटअप बक्स र २ महिनाको प्रिमियम प्याकेज दिने


appharu
   ३० जेष्ठ २०७५, बुधबार


काठमाडौं । सुबिसु केवलनेटले विश्वकप–२०१८ लाई लक्षित गरेर ‘क्लियर टिभी विश्वकप किकअफ’अफर ल्याएको छ ।


अफरमा २ हजार १८ रुपैयाँको प्याकेज खरिदमा एचडी सेटटप बक्स, जडान सेवा तथा २ महिनाको क्लियर टिभी प्रिमियम प्याकेज निशुल्क प्रदान गर्ने जनाइएको छ ।

बिहीबारदेखि सुरु हुने विश्वकपलाई ध्यानमा राखेर कम्पनीले ग्राहक आफ्ना ग्राहकवर्गहरूले हाइ डेफिनेसन पिक्चर क्वालिटिमा विश्वकप हेरेर भरपुर मनोरञ्जन प्राप्त गरुन भन्ने उद्देश्यका साथ यस्तो योजना प्रस्तुत गरेको जनाएको छ ।

योजनामा सर्त तथा नियमहरू लागू हुने भन्दै कम्पनीले हाल क्लियर टिभी सेवामा २५० भन्दा बढी डिजिटल च्यानलहरू रहेको जसमा ६० भन्दा बढी एचडी च्यानलहरू रहेको जानकारी दिएको छ ।

प्रकाशित : ३० जेष्ठ २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह