Logo

अर्थनीति

नेपाल आइकाओको खतराको सूचीबाट हट्यो, ईयूको कालोसूची भने कायमै


appharu
   ८ असार २०७५, शुक्रबार


काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाएको छ । तर, यूरोपियन यूनियनको कालोसूची भने कायमै रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले शुक्रबार प्रतिनिधिसभा वैठकमा नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइएको जानकारी दिए ।

मन्त्री अधिकारीले युरोपियन युनियनको खतरा सूची अझै नहटेको हुँदा त्यसलाई पनि छिटै हटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली आकाश कालो सूचीमा रहँदा नेपाली जहाज हाल यूरोपका गन्तव्यमा उडाउन सकिने अवस्था छ्रैन ।

युरोपेली आयोगले २०७० साल मंसिरमा नेपालमा उडान गरिरहेका सम्पूर्ण नेपाली विमान कम्पनीलाई युरोपेली युनियन आवद्ध देशहरुमा उडान गर्न निषेध गर्ने निर्णय गरेको थियो । त्यसका साथमा युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गरेको थियो ।

धेरै पर्यटक आउने युरोपेली देशमा नेपाली जहाज जान नपाउने र अन्य विमान कम्पनीबाट आएका यात्रु पनि नेपालभित्र ढुक्कले हवाई यात्रा गर्न नसक्ने अवस्था छ ।

२०७० मंसिर २० देखि युरोपेली आयोगले युरोपेली युनियन (इयू) भित्रका देशमा उडान सञ्चालन गर्न निषेध गरिएको ‘इयू हवाई सुरक्षा सूची’ मा नेपाललाई राखेको थियो । त्यतिमात्र नभई आयोगले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्न सचेतसमेत गराएको थियो ।

प्रकाशित : ८ असार २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह