Logo

Banner-news

को हुन् आङ सान सू ची ? नोबल पुरस्कारदेखि रोहिन्ज्या प्रकरणको आलोचनासम्म !


GDP Nepal
   २० माघ २०७७, मंगलबार


म्यानमार (एजेन्सी): विश्व राजनीतिमा यतिबेला म्यानमार फेरि चर्चाको शिखरमा छ । त्यहाँकी प्रजातन्त्रवादी नेतृ आङ सान सू ची लाई सेनाले गिरफ्तार गरेसँगै अमेरिकालगायत सिंगो विश्व समूदायले म्यानमारी सैनिक प्रशासनको आलोचना गरिरहेको छ ।

पक्राउ परेकी सू ची विश्वभरका प्रजातन्त्र तथा मानव अधिकारवादी समुदायका लागि प्रेरणाकी स्रोत हुन् । उमेरमा वृद्ध भइसके पनि प्रजातन्त्रप्रतिको अविचलित निष्ठा र संघर्षका कारण उनको उचाइ विश्वका महिला नेतृहरुको तुलनामा अग्लो छ ।

सू ची म्यान्मारका स्वतन्त्रता सेनानी आङ सानकी छोरी हुन्। उनी अहिले ७५ वर्षकी भइन् ।

सन् १९४८ मा म्यान्मारले औपनिवेशिक ब्रिटिश शासनबाट मुक्ति पाउनु केही समयअघि जेनरल आङ सानको हत्या भएको थियो। त्यतिबेला सू ची दुई वर्षकी थिइन् ।

सू चीलाई कुनै बेला मानव अधिकारकी प्रतिमूर्ति मानिन्थ्यो । उनले सैन्य शासनविरुद्ध धेरै लामो समय सङ्घर्ष गरेकी थिइन् ।

सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पाउँदा उनी घरमै नजरबन्द थिइन् । उनी सन् १९८९ देखि २०१० सम्म झन्डै १५ वर्ष सेनाको नियन्त्रणमा बस्न बाध्य थिइन् ।

नोभेम्बर २०१५ मा उनको नेतृत्वमा न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले निर्वाचनमा ठूलो बहुमत प्राप्त गर्‍यो। म्यान्मारमा २५ वर्षपछि स्वतन्त्र निर्वाचन भएको थियो ।

विदेशी नागरिकसँग विवाह गरेर जन्मिएका सन्तान पनि विदेशी नागरिक नै भएकाले म्यान्मारको संविधानले उनलाई देशको राष्ट्रपति बन्न रोक्छ। तर सत्तारूढ दल र सरकारमा उनकै नेतृत्व भएको देखिन्थ्यो ।

तर म्यान्मारको काउन्सलर पद ग्रहण परेपछि अल्पसङ्ख्यक रोहिन्ज्या मुस्लिमसँग गरिएको व्यवहारका कारण उनको चर्को आलोचना भयो ।

सन् २०१७ मा सेनाले दमन गर्न थालेपछि हजारौँ रोहिन्ज्याहरू म्यान्मार छोडेर छिमेकी बाङ्ग्लादेशमा शरण लिन गएका थिए। सेनाको अत्याचार रोक्न उनले केही नगरेको भनेर सू चीको आलोचना भएको थियो ।

प्रकाशित : २० माघ २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह