Logo

मुख्य समाचार

रवि लामिछानेसँग ६५ लाख धरौटी मागियो, थुनामा बस्नु नपर्ने


gdpnepal
   २५ पुस २०८१, बिहिबार


काठमाडौं । सहकारी ठगी आरोपी रवि लामिछानेसँग ६५ लाख धरौटी मागिएको छ । धरौटी बुझाएमा उनी थुनामा बस्नु नपर्ने भएको छ ।

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । उनीसँगै अर्का आरोपी छविलाल जोशी पनि धरौटीमा रिहा हुनेछन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

 

प्रकाशित : २५ पुस २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह