Logo

कर्पोरेट-बजार

न्युरोडमा देशकै पहिलो सम्पदामैत्री व्यापारिक कम्प्लेक्स


appharu
   १३ असार २०७५, बुधबार


काठमाडौं । राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा मुलुककै पहिलो सम्पदामैत्री व्यावसायिक भवन लगभग तयार भएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्रसँगै नजिकै रहेको यो भवन बाहिरबाट हेर्दा नै विशेष र आकर्षक देखिन्छ । सम्पदामैत्री हिसाबले निर्माण गरिएकोले यो आकर्षक र विशेष देखिएको हो ।

भूकम्प प्रतिरोधी भवनमा अत्याधुनिक सुविधाहरु उपलब्ध छन् । सेन्ट्रल एसी, ताजा हावा, ब्याकअप जेनेरेटर, फायर फाइटिङ सिस्टम, एस्कालेटर, क्याप्सुल लिफ्ट र क्लोज्ड लिफ्ट यसका विशेषता हुन् । बीच भाग खाली छाडेर बनाइएको भवनले काठमाडौं उपत्यकाको पुरानो बस्तीको झल्को दिन्छ ।

महर्जन कम्प्लेक्स नाम दिइएको भवन सुरक्षाको दृष्टिले पनि अन्य व्यापारिक कम्प्लेक्सहरुभन्दा विशिष्ट छ । भवन अगाडि जनसेवा प्रहरी कार्यालय छ । यसबाहेक सिसिटिभी क्यामेराबाट निगरानी हुने कम्प्लेक्समा २४सै घन्टा सुरक्षाकर्मी तैनाथ गर्ने योजना प्रवद्र्धकको छ । यहाँका कबलहरु गरगहना सोरुम, रेस्टुरेन्ट, फेन्सी पसल लगायतलाई उपयोगी छन् ।
निकट भविष्यमै औपचारिक उद्घाटन गर्ने तयारीमा रहेको भवनमा स्पेस बुकिङ पनि चाँडै नै खुला गर्ने बताइएको छ ।

प्रकाशित : १३ असार २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह