Logo

कर्पोरेट-बजार

नेपाल एयरलाइन्स नयाँ युगमा: पहिलो वाइड बडी काठमाडौंमा अवतरण


appharu
   १४ असार २०७५, बिहिबार


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले खरिद गरेको वाइड बडी जहाज बिहीबार बिहान काठमाडौंमा अवतरण गरेको छ ।

नयाँ जहाजसँगै निगम अब नयाँ युगमा प्रवेश गरेको छ । संसारका जुनसकै गन्तव्यमा अब निगमका जहाज पुग्न सक्नेछन् ।
नेपाली राष्ट्रिय ध्वजाबाहकका लागि आजको दिन स्वर्ण अक्षरले लेखिने निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार बताउँछन् ।

यूरोपेली जहाज निर्माण कम्पनी एयरबसको एयरबस–३३० जहाजमा २७४ सिट छन् । जसमा २५६ इकनोमी क्लास हुनेछन् जहाजमा १८ बिजनेस क्लाससमेत रहनेछन् ।
निगमले यसअघि पनि एयरबसकै २ वटा न्यारोबडी जहाज खरिद गरिसकेको छ । जहाज खरिदका लागि निगमले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतसँग ऋण लिएको छ ।

पोर्चुगिज कम्पनी हाइफ्लाईले अर्डर गरेर निर्माण भएको एयरबसको उक्त जहाज नेपाल एयरलाइन्सले सौभाग्यवस पाएको हो । जहाजलाई हाइफ्लाइका पाइलटले नै एयरबसको कारखाना फ्रान्सको टुलुसबाट उडाएर काठमाडौं ल्याएका हुन् ।

निगमको अर्को वाइड बडी जहाज पनि एक महिनाभित्र आइसक्ने एयरलाइन्सका प्रबन्ध निर्देशक कंसाकारले जानकारी दिए । पहिलो आएको जहाजबाट अगष्ट १ बाट काठमाडौं बाट युएइको दुबईमा उडान गर्ने एयरलाइन्सको योजना रहेको छ।

प्रकाशित : १४ असार २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह