Logo

Banner-news

मेक इन नेपाल स्वदेशी–अभियान अन्तर आत्मामा लागेको विषयः राष्ट्रपति


GDP Nepal
   २२ फाल्गुन २०७७, शनिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेक इन नेपाल–स्वदेशी अभियानको सफलताको लागि शुभकामना व्यक्त गरेकी छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको छलफलमा राष्ट्रपतिले आप्mनो अन्तरआत्मामा लागेको विषयलाई परिसंघले उठाएकोमा धन्यवाद समेत व्यक्त गरिन् ।

मेक इन नेपाल–स्वदेशी अभियान नेपाल उद्योग परिसंघले व्यापकरुपमा अगाडि बढाएको हो ।

यस अभियानलाई सफलबनाउनको लागि नेतृत्ववर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनु पर्ने उनले बताइन् । निजी क्षेत्र र सरकारबीचमा औद्योगिकवातावरण र उद्योग विकासको कुरामा समान धारणाको विकास हुनु पर्ने उनको भनाइ छ ।

सरकारले स्वदेशी उत्पादनलाई नै प्रवद्र्धन गर्नको लागि स्वदेशी सामानको खरिदमा पन्ध्र प्रतिशतसम्म महंगो भए पनि खरिद गर्ने व्यवस्था गरेकोको प्रसंग उल्लेख गर्दै आत्मनिर्भरता र अन्तरनिर्भरता दुबै संस्कारको रुपमा अगाडी बढीरहेको उनले धारणा राखिन् ।

कतिपय उत्पादनहरु देशका मौलिक पहिचानसँग सम्बन्धित भए पनि स्वदेशमा उत्पादन नभएको तर्क राख्दै उद्योगी व्यवसायीहरुले त्यसतर्फ पनि ध्यान पु¥याउनु पर्ने सुझाव दिइन् ।

नेपालमा धेरै क्षेत्रमा दक्ष र अदक्ष कामदारहरुको टड्कारो आवश्यकता देखिएको बताउँदै निजी क्षेत्रले दक्षजनशक्तिउत्पादनमा समेत ध्यान पु¥याउनु पर्ने उनले बताइन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघले अगाडी सारेको यो अवधारणामा सरकारको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै यस अभियानले आमजनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने धारणा राखे ।

अभियानले मुलुकको औद्योगिकविस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउनथप सहयोग पु¥याउने अध्यक्ष मोरको धारणा थियो ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाले स्वदेशीअभियान के हो र यस अभियानलाई अगाडी बढाउनको लागि परिसंघको अवधारणा प्रस्तुत गरे ।

छलफलमा परिसंघको तर्फबाट परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले परिसंघले अगाडी सारेको यस अवधारणालाई सरकाले स्वामित्वबोध गरी औद्योगिकवातावरण सृजनागर्नको लागि सघाउनु पर्ने वताए ।,

छलफलमा परिसंघका प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलले मेक इन नेपालको अवधारणालाई प्रस्तुत गर्दै यस अभियानले हरेक वर्ष एक हजार उद्योग संचालनमाल्याउने लक्ष्य लिएको, कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने, हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जनागर्ने र पाँचवर्षमावार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने लगायतकाविषयमा राष्ट्रपति समक्ष प्रस्तुत गरे ।

डा. पौडेलले उत्पादन स्तम्भहरू क्रमशः नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण बनाउने, आयात प्रतिस्थापन, पूर्वाधारमा पूँजी खर्च, सेवाक्षेत्रको आधुनिकिकरण र खपत स्तम्भहरू क्रमशः स्वदेशी वस्तुको उपभोग, सरकारले स्वदेशी उत्पादनहरुको उपभोगलाई प्राथमिकता दिने र स्थानिय उत्पादनलाई वैदेशिक वजार खोज्ने सम्बन्धमा राष्ट्रपति समक्ष प्रस्तुत गरेका थिए ।

प्रकाशित : २२ फाल्गुन २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह