Logo

कर्पोरेट-बजार

बुद्ध एयरले भित्र्यायो ७२ सिटे नयाँ एटीआर


appharu
   १९ असार २०७५, मंगलबार


काठमाडौं । निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरले जहाज थप्ने क्रममा ७२ सिटे एटीआर जहाज भित्र्याएको छ । बुद्धले एटीआर–७२–५०० मोडलको नयाँ विमान भित्र्याएको हो ।

फ्रान्सको जहाज निर्माता एटीआर कम्पनीबाट खरिद गरिएको उक्त विमान मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै एटीआर विमान संख्या ९ पुगेको छ ।
यसमध्ये ६ वटाएटीआर–७२ र दुईवटा एटीआर–४२ हुन् । बुद्धसँग दुई बिचक्राफ्ट विमान पनि छन् । फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, ओमन हुँदै विमान काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले थपिएका एटीआर–७२ विमानबाट आन्तरिक गन्तव्यमा उडान भरिने जानकारी दिनुभयो । बुद्धले हाल १३ गन्तव्यमा उडान भरिरहेको छ ।

बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले यही असार १५ गतेदेखि नेपालगञ्जबाट भारतको वाराणसी सिधा उडान शुरु गरेको छ ।

प्रकाशित : १९ असार २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह