Logo

Banner-news

बजेट निकासीमैत्री रहेको भन्दै निर्यात व्यवसायी महासंघले गर्यो स्वागत !


GDP Nepal
   १६ जेष्ठ २०७८, आइतबार


काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालले बजेटको स्वागत गरेको छ । बजेट निकासीमैत्री रहेको भन्दै महासंघले बजेटका कार्यक्रम कार्यान्वयनमा जोड दिएको छ ।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै पहिलोपटक मुलुकको निर्यात व्यापार १ खर्ब पूरा भएको र आउँदा दिनमा बजेटले सकारात्मक प्रभाव पार्न गइ थप अगाडि बढ्ने जनाएको छ ।

कोभिड १९ प्रभावित व्यवसायीका लागि राष्ट्र बैंकबाट पाँच प्रतिशत ब्याजदरमा प्रदान गरिँदै आएको पुर्नकर्जा सुविधालाई निरन्तरता दिइ, पुर्नकर्जा सुविधा उपयोग गर्न पाउने व्यवसायको क्षेत्र र रकमको सीमा विस्तार गर्ने व्यवस्थाको महासंघले स्वागत गरेको छ ।

यस्तै, स्वदेशी उद्योगको आवश्यकता अनुरुपको सीपयुक्त जनशक्तीको विकास गर्न निजी क्षेत्रको साझेदारीमा उत्पादन तथा सेवामुलक उद्योगमा प्रशिक्षार्थी कामदारलाई तीन महिनाको न्यूनतम पारिश्रमिक बराबरको अनुदान उपलब्ध गराई कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्ने व्यवस्था सकारात्मक रहेको जनाएको छ ।

महासंघले निर्यातको सम्भावना रहेका बोधिचित्त, रुद्राक्ष, चिराइतो, श्रीखण्ड, पाँचऔले लगायतका उच्च मूल्ययुक्त बनस्पती र जडिबुटीको व्यावसायिक उत्पादन, प्रशोधन, प्रमाणीकरण र बजारीकरण गर्न प्रोत्सहित गर्ने नीतिलाई स्वागत गरेको छ ।

यस्तै, भौगोलिक सम्भाव्यताका आधारमा वनस्पती एवम् जडिबुटीका नर्सरी बिकास गर्ने व्यवस्थालाई सकारात्मक भनेको छ ।

स्वदेशी वस्तुको बृहत उत्पादन, बजारीकरण, प्रयोग एवम् निकासी प्रर्बद्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालनगर्ने अभियानको स्वागत गर्दै उच्च हिमाली तथा पाहाडी क्षेत्रका २२ जिल्लाका ३३ स्थानीय तहरुमा ऊन मिशन कार्यक्रममार्फत भेडा र च्याङग्रापालनका लागि प्रोत्साहन गर्ने महासंघको ठहर छ ।

गण्डकी तथा कणाली प्रदेशका हिमाली जिल्लामा ऊन प्रशोधन कारखाना स्थापना गर्ने तथा हिमाली क्षेत्रमा मासु उद्योग संचालन गरी निर्यातलाई प्रोत्साहन गर्ने कार्यक्रम सकारात्मक रहेको जनाइएको छ ।

काठमाडौको त्रिपुरेश्वरमा सार्क हस्तकला भवन निर्माण यसै बर्ष सम्पन्न गरिने तथा निर्यात व्यवसायी महासंघ नेपालसँगको साझेदारीमा काठमाडांै उपत्यकाभित्र अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्र निर्माण गरिने व्यवस्थालाई महासंघले स्वागत गरेको छ ।

डिजिटल र आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिलगायत चौथो पुस्ताको औद्योगिक क्रान्तीले ल्याएका अवसरको उपयोग गरिने एवं ईकर्मश सम्बन्धी कानुनको तर्जुमा गरिने व्यवस्थाले निर्यात व्यापार बढाउन सहयोग पुग्ने महासंघको भनाइ छ ।

महासंघले अलंैची, चिया, कफि, अदुवा, जडिबुटि लगायत नेपालको पर्यावरण अनुकुल र मौलिक पहिचान भएका उत्पादनको उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्राण्डिङ गरि अन्तराष्ट्रिय स्तरमा मान्यताप्राप्त गुणस्तर प्रमाणिकरण सहित निकासी प्रर्वद्धन गर्न निजी क्षेत्रलाई थप सहुलियत प्रदान गर्ने व्यवस्थालाई महासंघले सकारात्मक रुपमा लिएको जनाएको छ ।

निर्यातजन्य उद्योगमा विदेशी लगानी आकर्षित गर्ने । हिमालय क्षेत्रको गुणस्तरीय पिउने पानी ब्राण्डिङ गरि खाडि लगायतका देशमा निकासी गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने । विदेशी लगानीकर्ताले नेपालमा उत्पादन गरी आफ्नो देशमा शतप्रतिशत निकासी गरेमा त्यस्ता उद्योगलाई आयकरमा थप छुट दिइने व्यवस्थाप्रति महासंघ सकारात्मक रहेको जनाइएको छ ।

च्याङग्रा पश्मिना, फेल्ट, नेपाल हब्र्स, एभरेष्ट बिग कार्डमम, नेपाल टी, हिमालयन नेपलिज कार्पेट, नेपाल कफिलगायत सामुहिक ट्रेडमार्कको अन्तराष्ट्रिय बजारमा प्रबद्र्धन गरिने तथा सामूहिक ट्रेडमार्क नविकरण दस्तुर नेपाल सरकारले बेहोर्ने र अगार्निक प्रमाणिकरणका लागिलाग्ने शुल्क छुट दिने व्यवस्थालाई सकारात्मक भनिएको छ ।

चिया, जुट, चलचित्र, पश्मिना, ह्याचरी उद्योग र कृषीतथा नर्सरी फर्ममाप्रयोग हुने यन्त्रउपकरण र पार्टपुर्जाको भन्सार महसुल छुट गरिएको, बण्डेड वेयरहाउसको सुविधाअन्तर्गत निर्यातमुलकउद्योगले बैंक ग्यारेन्टीमा आयात गरेको कच्चा पदार्थबाट उत्पादित वस्तु समयमै निर्यात गर्न नसकेका उद्योगको लागि निर्यात गरि बैक ग्यारेन्टी फुकुवा गर्ने म्याद २०७८ चैत्र मशान्तसम्म बढाइएकोप्रति महासंघले सकारात्मक प्रतिक्रिया जनाएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय व्यापार, सुरक्षित बैदेशिक लगानी र पर्यटन प्रर्वद्धनका लागि परिभाषित जिम्मेवारी सहित विदेशस्थित कुटनीतिक नियोगलाई थप क्रियाशिल बनाइने तथा उत्पादन तथा निर्यात प्रर्वद्धनलाई महत्वपुर्ण स्थान दिइएको भन्दै महासंघले नेपाल सरकारलाई धन्यबाद दिएको छ ।

महासंघले बजेटमार्फत सम्बोधन गरिएका सम्पुर्ण बिषयहरु पुर्ण रुपमा कार्यान्वयनमा आउने अपेक्षा लिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : १६ जेष्ठ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह