Logo

कर्पोरेट-बजार

कैलाशको दोस्रो हेलिकप्टर सञ्चालनमा


appharu
   २९ चैत्र २०७४, बिहिबार


जीडीपी नेपाल
काठमाडौं, २९ चैत

निजी क्षेत्रको कान्छो हेलिकप्टर सेवा प्रदायक कम्पनी कैलाश हेलिकप्टर सर्भिसेजले दोस्रो हेलिकोप्टरबाट व्यावसायिक उडान सुरु गरेको छ । हेलिकप्टर एएस थ्रि फाइभ जिरो बि टु ले बुधबारदेखि व्यावसायिक उडान सुरु गरेको प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डेले जानकारी दिए ।
चैत दोस्रो साता नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) पाएको कम्पनीले दुई सातामै दोस्रो हेलिकप्टर थपेको हो । पहिलो हेलिकप्टर एएस थ्रि फाइभ जिरो बि थ्रि ई ले गत चैत १० गतेबाट उडान सुरु गरिसकेको छ ।

कम्पनीले कर्पोरेट फ्लाइट, हाइअल्टीच्युड अपरेसन्, एरियल सर्भे, प्राकृतिक प्रकोप उद्दारका साथै बिरामीको पनि तत्काल उपचारका लागि गन्तब्य सम्म पुर्‍याउने लगायतका सेवा प्रदान गर्ने जनाएको छ ।
यस हेलिकप्टरले २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्छ ।
नेपालमा हाल व्यावसायिक गतिविधि मुलुकभर विस्तार भइरहे पनि मुलुकका दुर्गम तथा कतिपय सुगम क्षेत्रमा पनि अत्यावश्यकीय सेवा पुग्न नसकेको अवस्थालाई दृष्टिगत गरी नयाँ कम्पनी स्थापना गरिएको अध्यक्ष क्या. आशिष शेरचनले बताए ।

प्रकाशित : २९ चैत्र २०७४, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह