Logo

Banner-news

देशैभरका निजामती कर्मचारीको सरुवा तथा काज सरुवा रोकियो


GDP Nepal
   २ आश्विन २०७७, शुक्रबार


काठमाडौं । देशभरका निजामती कर्मचारीहरुको सरुवा रोकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कर्मचारीहरुको सरुवा तथा काज सरुवा रोकिएको जनाएको हो ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनका कारण सरुवा तथा काज सरुवा रोकिएको जनाइएको छ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन निर्वाचन आचार संहिता २०७७ जारी भएकोले सरुवा रोकिएको हो ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ गते हुँदैछ । सो निर्वाचन सम्पन्न नभएसम्म सरुवा तथा काज सरुवा रोकिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह