Logo

बिजनेस होम

सिजी फुड्स भैँसेपाटीमा आक्रमण: बसमा आएका थिए आक्रमणकारी


gdpnepal
   २१ बैशाख २०८१, शुक्रबार



काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा शुक्रबार अपरान्ह अज्ञात समूहद्वारा आक्रमण गरिएको छ ।

दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि पनि हातपात गर्नुका साथै भौतिक सम्पत्तीमाथि तोडफोड गरेको छ ।

फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेका थिए। त्यहाँ कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरू प्रतिकारमा उत्रिए जसका कारण आक्रमणकारीहरू त्यहाँबाट पछि हटेका थिए ।

त्यसलगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ ।

देशको प्रमुख औद्योगिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित उद्योगमाथि दिनदाहाडै भएको उक्त आक्रमण अत्यन्तै निन्दनीय छ । यस घटनाको हामी भर्त्सना गर्दछौँ ।

‘’यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ सचेत रहन हामी सम्वन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछौँ,’’ सिजीले भनेको छ, ‘mघटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कार्वाही गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछौं ।’m

भविष्यमा यस्ता घटना घट्न नदिन एवं औद्योगिक वातावरण कायम राख्नका लागि तत्काल पहल गर्न पनि सिजीले सम्वन्धित सबै निकायको गम्भिर ध्यानाकर्षण गराएको छ ।

प्रकाशित : २१ बैशाख २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह