काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ग्लोबल आइएमई बैंकले ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको नाफा २.९३ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको थियो। बैंकको वितरणयोग्य मुनाफा पनि घटेको छ। चैतसम्म बैंकको सञ्चालन मुनाफा घटेर ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा ६ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ थियो।
बैंकको सञ्चालन मुनाफा ६.८२ प्रतिशतले घटेको छ। तेस्रो त्रैमाससम्म बैंकले ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ३.५१ प्रतिशतले घटेको छ।
चुक्तापुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ३ अर्ब ५४ लाख रुपैयाँ र रिजर्भमा २६ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा ४ अर्ब ५ करोड ४८ लाख रुपैयाँ र रिजर्भमा २४ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ थियो। समीक्षा अवधिसम्म बैंकले ६ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले ५ खर्ब ५० अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। यो आँकडाले बैंकको व्यापार पनि बढेको देखिन्छ।
चालु आर्थिक वर्षको चैतसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.६९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल १.७० प्रतिशत थियो। बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १५.४० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १५.८६ रुपैयाँ थियो। पीई रेसियो १५.४६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७८.५३ रुपैयाँ रहेको छ।










प्रतिक्रिया