Logo

सूचना/प्रविधि

सीप मेलामा मोवाइल रिपेयरिङ्को अत्याधिक माग, १० विधामा तालीम जारी


GDP नेपाल
   २५ बैशाख २०८१, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सीप सिकेर स्वदेशमा काम गर्छु, नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न आवश्यक रहेको बताएकी छिन् । मंगलबार विहान सुरु भएका कक्षा, तालिम सञ्चालन हुने ठाउँ र तालिम व्यवस्थापनको निरीक्षणका क्रममा डंगोलले उक्त कुरा बताएकी हुन् ।

उनले सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि कार्यक्रमका फोकल पर्सन शान्ता पहाडी, रोजगार संयोजकहरु देवेन्द्र केसी, अजय पौडेलले तालिमसँग सम्बन्धित व्यवस्थापकीय पक्षमा जानकारी गराएका थिए ।

त्यस क्रममा प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया गर्दै उपप्रमुख डंगोलले अपेक्षाका बारेमा जानकारी लिएकी थिइन । प्रशिक्षार्थीहरुले सीप विकासका विशिष्ट कक्षाहरुको अवसरको अपेक्षा राखेका थिए ।

सीप मेलामा १० विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम चलिरहेका छन् । २९ वटा पेशा राखिएकोमा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि यो पेशा थप गरिएको हो । यस्तै टेलरिङ् (डे«स मेकिङ्) मा संख्या धेरै भएपछि कक्षा थप गरिएको छ ।

कुन तालिम कति दिन चल्छ ?

तालिमहरु ७ दिन, १५ दिन र ३० दिन समयावधिका छन् । रोजगार संयोजक देवेन्द्र केसी भन्छन्, ‘प्रशिक्षक र प्रशिक्षार्थी दुवैलाई समयको पालनामा ध्यान दिन लगाइएको छ । एकै समयमा कक्षा सुरु हुने र एउटै समयमा सकिने भएकोले कसैबाट कसैलाई डिस्टर्व छैन ।’

१० वटा विधामध्ये अटो मोवाइल्समा तीनवटा पेशासँग सम्बन्धित तालिम छन् । पहिलो पेशा अटो इलेक्ट्रिक हो । यो १५ दिन अवधिको हो । दोस्रो अटो एअर कन्डिसन हो । यो पनि १५ दिनकै हो । तेस्रो इलेक्ट्रिकल कार रिपेयर (इभी) हो । यसमा ३० दिनको कक्षा हुनेछ ।

निर्माण विधा (दोस्रो) मा डकर्मी (म्यासन), टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् गरी ४ वटा पेशासँग सम्बन्धित तालिम छन् । यी सबै तालिम ३० दिन अवधिका हुन् ।

हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा (तेस्रो) मा वारिस्ता, फास्ट फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर÷वेट्रेस तालिम छन् । यीमध्ये फास्ट फुड कुक १५ दिनको हो । अरु ७ दिन अवधिका हुन् ।

सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) विधा (चौथो) मा ४ वटा पेशाका तालिम छन् । डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा र मोवाइल रिपेयरिङ्का कक्षा चलिरहेका छन् । यीमध्ये सीसीटिभीको कक्षा ७ दिन अवधि र अन्य पेशाका कक्षा १५ दिन चल्नेछन् ।

मेकानिकल विधा (पाँचौँ) मा २ वटा पेशा छन् । वेल्डिङ् पेशाको १५ दिन र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको ३० दिन तालिम हुनेछ । आर्ट एण्ड कल्चर विधा (छैटौँ) मा आर्ट एण्ड स्कप्चरको तालिम चलेको छ । यसको अवधि १५ दिनको हुनेछ ।

गार्मेन्ट्स विधा (सातौँ) मा टेलरिङ्/ड्रेस मेकर र फेसन डिजाइनिङ् गरी दुईवटा पेशासँग सम्बन्धित कक्षा चलेका छन् । यी दुवै १५ दिन अवधिका तालिम हुन् । टेलरिङ् र डेस मेकरमा अत्याधिक माग भएकोले यसलाई हरेक सिफ्टमा २/२ वटा कक्षा चलाइएको छ ।

व्युटिसियन (सौन्दर्य कला) विधा (आठौँ) मा ५ वटा पेशा समेटिएका छन् । यसमा नेल आर्ट, हेयर कट एण्ड स्टायल र सैलुन १५/१५ दिन अवधिका हुन् । मेकअप आर्ट, आइलेस आर्ट सात दिन अवधिका हुन् । डिजाइनिङ् विधा (नवौँ) मा सात दिन अवधिको स्क्रीन प्रिन्टको कक्षा छ ।

पुरोहित विधा (दशौँ) मा १५ दिन अवधिको पुरोहित र ७ दिन अवधिको ज्योतिष तालिम चलिरहेका छन् । तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह