Logo

मुख्य समाचार

काठमाडौंमा मौसम सफा रहने: यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना


gdpnepal
   ८ चैत्र २०८२, आइतबार



काठमाडौं । काठमाडौंमा आज मौसम सफा रहने छ । आजबाट खुलेको मौसममा अझै केही दिन सुधार देखिने मौसमविद् उज्वल उपाध्याय बताउँछन् ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायूको प्रभाव रहेको छ ।

कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आँशिक बादल लागेको छ । कोशी र मधेश प्रदेशका केहि स्थानहरूमा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मध्यम सम्मको वर्षारहिमपात भईरहेको छ ।

आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आँशिक बादल लाग्नेछ । 

देशको पहाडी र हिमाली भुभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राती देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आँशिक बादल लाग्नेछ तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

प्रकाशित : ८ चैत्र २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह