Logo

बिजनेस होम

आजको मौसम: भारी वर्षादेखि हिमपातसम्मको जोखिम, पदयात्रा नगर्न सुझाव


gdpnepal
   ६ चैत्र २०८२, शुक्रबार


 

काठमाडौं ।  आज शुक्रबार अपरान्हदेखि नेपालमा पश्चिमबाट वर्षागराउने प्रणाली प्रवेशगर्ने देखिन्छ। यसप्रणालीको प्रभावले दार्चुला, डडेल्धुरा, हुम्लालगायतका उच्चपहाडी तथा हिमालीक्षेत्रमा मध्यमवर्षा तथा हिमपातहुने सम्भावना रहेको मौसमविद् उज्वल उपाध्यायले जानकारी दिएका छन् ।

त्यसैगरी, बारा र रौतहट क्षेत्रमा स्थानीय मौसमीगतिविधिका कारण साँझतिर केही वर्षा हुनसक्छ। साँझ ढल्दैजाँदा धादिङ, उत्तरीचितवन, तनहुँ र गोरखा आसपासका क्षेत्रमा वर्षा केन्द्रितभई मध्यमवर्षा हुने अनुमान छ।

काठमाडौं उपत्यकामा पनि साँझ हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेकोछ र राती पनि केहिबेर वर्षा हुनेछ ।  विशेषगरी मण्डनदेउपुर–नगरकोट क्षेत्रमा केहीबढी वर्षा हुनसक्छ । तर बाढी–पहिरोको जोखिम न्यून छ ।

राति करिब ११ बजेदेखि शनिबारबिहान ६ बजेसम्म कर्णालीको तल्लो तथा लुम्बिनीको माथिल्लो भू-भागमा ४–५ घण्टासम्म वर्षा हुनसक्ने सम्भावना छ।

सुर्खेत, सल्यान र ढोरपाटन आसपासका क्षेत्रमा अपेक्षाकृत बढीवर्षा हुनेहुँदा नदीको सतह केही बढ्नसक्ने र सामान्य भू-क्षय वा सानापहिरो जान सक्ने देखिन्छ।

यसै समयमा कपिलवस्तु र रुपन्देही आसपासक्षेत्रमा पनि २–४ घण्टा भारी वर्षा हुन सक्छ।

शनिबार बिहानसम्म वर्षा प्रणाली पूर्वतर्फ सर्नेछ, जसले मेची–कोशी क्षेत्रका इलाम, धनकुटा, धरान र माथिल्लो झापा क्षेत्रमा २–४ घण्टा भारी वर्षा गराउन सक्छ।

शुक्रबार साँझदेखि शनिबार अपरान्हसम्म पश्चिमबाट पूर्वतर्फ सर्ने यस प्रणालीले देशभर वर्षा गराउनेछ। अधिकांश स्थानमा वर्षा सामान्य रहने भएकाले धेरै आत्तिनुपर्ने अवस्था छैन, तर “सामन्य हावाहुरी”कुनैपनि समय आउनसक्ने भएकाले सावधानी आवश्यक छ।

मौसमविद् उपाध्यायले शुक्रबार अपरान्हदेखि शनिबार बिहानसम्म पहाडी राजमार्ग तथा हिमाली क्षेत्रमा पदयात्रा स्थगित गर्न अनुरोध गरेका छन् । सम्भावित जोखिम क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन उनले सुझाव दिए ।

प्रकाशित : ६ चैत्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह