Logo

बिजनेस होम

वर्षा गराउने बादल काठमाडौं पुग्नै लाग्यो: सातै प्रदेशमा असिना र हावाहुरीको सम्भावना


gdpnepal
   ७ चैत्र २०८२, शनिबार



काठमाडौं । हाल बिहार, भारतको गोरखपुर-बगाहा हुँदै चितवनको माडीक्षेत्र प्रवेश गर्नैलागेको वर्षा गराउने मौसम प्रणाली बिस्तारै उत्तर-पुर्व सर्ने क्रममा देखिन्छ । 

यहाँ पहिलेदेखी कायम रेहेको वर्षा प्रणालीसँग ठोकिएपछी यसले केहिबेर ठुलोवर्षा गराउने सम्भावना धेरै देखिन्छ ।

मौसमविद् उज्वल उपाध्यायका अनुसार पश्चिमचितवन बाट पुर्वीचितवन, धादिङ र उत्तरीमकवानपुर हुँदै अहिले बिहान १०-११ को आसापासमा काठमाडौं उपत्यका आइपुग्ने सम्भावना छ । 

यसले धादिङ्, मकवानपुर र तथा चितवनको भण्डारा-टाँडी-भरतपुर-मुग्लिङ-शक्तिखोर क्षेत्रमा ठुलोवर्षा गराउन सक्ने उनी बताउँछन् ।

आजको वर्षा बढिमा ३ घण्टाको हुनेछ । काठमाडौं उपत्यकासम्म आइपुग्दा यो कमजोर भैसक्ने र ठुलोवर्षा हुने सम्भावना कम छ । यो वर्षा पछी पश्चिम तथा काठमाडौंलगायतको मध्य-क्षेत्रमा मौसम खुल्दै जानेछ ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ, देशका बाँकी भूभागमा साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केहि स्थानमा बाकि प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपात भईरहेको छ ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गर असिना र हावाहुरी सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । 

यस्तै, आज राती देशभर साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

प्रकाशित : ७ चैत्र २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह