Logo

सूचना/प्रविधि

नेपालमा पहिलो पटक ड्रोन एभिएसनमा स्नातकोत्तर तहको अध्ययन सुरु गर्ने तयारी


GDP नेपाल
   ६ चैत्र २०८२, शुक्रबार


काठमाडौं । नेपालको शैक्षिक इतिहासमा पहिलो पटक ‘ड्रोन एभिएसन’ विषयमा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो व्यवहारिक विज्ञान संकाय अन्तर्गत ‘मास्टर्स इन ड्रोन एभिएसन’ कार्यक्रम ल्याएको हो ।

नेपालमा यसअघि ड्रोन वा मानवरहित विमान प्रणालीसँग सम्बन्धित यस्तो उच्च तहको शैक्षिक कार्यक्रम स्नातक तहमा समेत उपलब्ध थिएन । यस कार्यक्रमको पाठ्यक्रम निर्माणमा नेपालका विज्ञहरूसहित चीन, थाइल्याण्ड र भियतनामका विभिन्न विश्वविद्यालयका विशेषज्ञहरू संलग्न रहेका छन् ।

पाठ्यक्रम विकासमा संलग्न विज्ञ एवंम प्राध्यापक प्रविण भट्टराईका अनुसार, यसमा अबुधाबीका एरोनटिकल इन्जिनियर र भारतको मद्रास इन्टिच्युट अफ टेक्नोलोजीमा कार्यरत विज्ञहरूको समेत योगदान रहेको छ ।

नेपालको भौगोलिक जटिलतालाई मध्यनजर गर्दै ड्रोन प्रविधि अत्यन्तै सान्दर्भिक रहेको भट्टराई बताउँछन् । उनका अनुसार यस कोर्सको अध्ययनले मुख्यतया लजिस्टिक र ढुवानी, डाटा सुरक्षा र सार्वभौमसत्ता, पर्यटन र म्यापिङ, रोजगारी र स्टार्टअप क्षेत्रमा काम गर्न सक्दछ ।

ड्रोनको व्यावसायिक प्रयोग विशेषगरी विकट क्षेत्रमा औषधि, खाद्यान्न र अन्य कार्गो ढुवानीका लागि जिआईएस म्यापिङ, सर्भे र पर्यटन प्रवद्र्धनमा ड्रोनको प्रयोग गरी अनुसन्धानमूलक कार्यहरू गर्न सकिने भट्टराईले जनाएका छन् ।

उनका अनसार हाल नेपालमा प्रयोग भइरहेका विदेशी ड्रोनहरूको ‘ब्रेन’ (फ्लाइट कन्ट्रोलर) विदेशी कम्पनीहरूकै नियन्त्रणमा रहने भएकाले संवेदनशील क्षेत्रको डाटा सुरक्षामा जोखिम छ । नेपालमै ड्रोन निर्माण र सफ्टवेयर विकास गर्न सक्ने जनशक्ति तयार भएमा राष्ट्रिय सुरक्षा र सैन्य प्रयोजनमा ठूलो सहयोग पुग्ने उनको भनाई छ ।

म्यापिङ, सर्भे र पर्यटन प्रवद्र्धनमा ड्रोनको प्रयोग गरी अनुसन्धानमूलक कार्यहरू गर्नपनि ड्रोन सम्बन्धी अध्ययन आवश्यक रहेको उनको भनाई छ । ‘मेक इन नेपाल’ अवधारणा अन्तर्गत आफ्नै ड्रोन उत्पादन र व्यावसायिक सञ्चालनका लागि दक्ष जनशक्ति तयार गर्न आवश्यक रहेको उनले जानकारी दिए ।

विश्वविद्यालयले यस कार्यक्रमका लागि भर्ना खुला गरिसकेको छ । सुरुवाती चरणमा एउटा कक्षामा २० जना विद्यार्थीको कोटा निर्धारण गरिएको छ । इन्जिनियरिङ, एभिएसन, म्यानेजमेन्ट वा अन्य विधामा स्नातक गरेका र ड्रोन प्रविधिमा रुचि भएका विद्यार्थीहरूले यसमा आवेदन दिन सक्ने उनले बताए ।

प्रकाशित : ६ चैत्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह