Logo

बिजनेस होम

शाही शासन सम्झाउने गरी इन्टरनेट सेवा ठप्प: सरकार ढुक्क


gdpnepal
   २० बैशाख २०८१, बिहिबार



काठमाडौं । बिहीबार मुलुकका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा ठूलो समस्या देखिएको छ ।

अधिकांश इन्टरनेट सेवाप्रदायकको सेवामा समस्या आएको छ भने चलेका सेवामा पनि गुणस्तर छैन ।

वर्ल्डलिंक, भायनेट,सुबिसु लगायतका सेवामा बिहीबार दिउँसो ४ बजेदेखि समस्या आएको हो।

भारतीय कम्पनी एयरटेलले इन्टरनेट सवा काटिदिएको भन्दै स्थानीय सेवा अवरुद्ध भएको हो ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएको थियो ।

इन्टरनेट सेवा अवरुद्ध हुँदा २०६१ माघ१९ को जस्तै अवस्था देखिएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले फोन र इन्टरनेट सेवा बन्द गराइ शासन हातमा लिएका थिए ।

मुलुकमा लोकतन्त्रमाथि शासकहरूबाटै आक्रमण भैरहेका बेला जुनसुकै बहानामा इन्टरनेट सेवा बन्द हुनुलाई सामान्य रूपमा लिन सकिँदैन ।

सरकारले भने आफ्नो विरुद्धका आवाज कमजोर हुने भएकाले यसलाई चासो दिएको छैन ।

प्रकाशित : २० बैशाख २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह