Logo

मुख्य समाचार

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार घट्यो


GDP नेपाल
   २५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २.०६ अंकले बढेर एक हजार ९६०.८१ विन्दुमा पुगेको छ ।

विकास बैंक १२, अन्य ११ र माइक्रोफाइनान्स उपसमूह ९९ अंकले बढेको छ । बैंकिङ ८, फाइनान्स २१, होटल तथा पर्यटन १, हाइड्रोपावर १०, उत्पादन ३५, जीवन बीमा ३०, निर्जीवन बीमा ०.३० र ब्यापार उपसमूह २९ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज बोटलर्स नेपाल तराईको सेयर झण्डै साढे ६ प्रतिशतले घटेको छ ।
यस दिन ३१४ कम्पनीको ५० लाख कित्ता सेयर २ अर्ब १४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २५ बैशाख २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह