Logo

बैंक / बिमा /शेयर

सीआरआर खुकुलो, ४८ अर्ब तरलता बजारमा आउने


appharu
   २७ असार २०७५, बुधबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने विद्यमान अनिवार्य नगद अनुपात (सिआरआर) केही खुकुलो बनाएको छ ।

जसअनुसार अब सबैखाले बैंकले ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्था गरिने छ । यसअघि वाणिज्य बैंकका लागि ६ प्रतिशत, विकास बैंकका लागि ५ प्रतिशत र वित्त कम्पनीका लागि ४ प्रतिशत सीमा थियो ।

नगद अनुपातमा गरिएको कटौतीबाट करिब ४८ अर्ब थप तरलता प्रवाह हुनका साथै बैंकहरुको आधार दरमा समेत कमी आउनेविश्वास गरिएको केन्द्रीय बैंकले जनाएको छ छ ।

यस्तै, वैधानिक तरलता अनुपात वाणिज्य बैंकहरुका लागि १२ प्रतिशतबाट १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र वित्त कम्पनीहरुका लागि ८ प्रतिशतबाट ७ प्रतिशत कायम गरिने मौद्रिक नीतिमा उल्लेख छ । राष्ट्र बैंकले बैंकले साधारण, विशेष तथा निर्यात लगायतका पुनरकर्जा दरहरुलाई यथावत राखिएको छ ।

यसप्रकार साधारण पुनरकर्जामा ४ प्रतिशत र विशेष तथा निर्यात पुनरकर्जामा १ प्रतिशतको दरलाई निरन्तरता दिइएको छ । यस अनुरुप प्रदान गरिएको कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले साधारणतर्फ ९ प्रतिशत र विशेष तथा निर्याततर्फ ४.५ प्रतिशत भन्दा बढी ब्याज असुल गर्न नपाउने व्यवस्थालाई कायमै राखिएको नीतिमा उल्लेख छ ।

प्रकाशित : २७ असार २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह