Logo

बैंक / बिमा /शेयर

एटीएमबाट पैसा नआइ खाताबाट काटिए बैंकले ब्याज दिनुपर्ने


appharu
   २७ असार २०७५, बुधबार


काठमाडौं । एटीएम मेशिन वा पीओएस मेसिनबाट कारोबार गर्दा कारोबार सफल नभई खाताबाट रकम काटिएको छ ? छ भने चिन्ता नगर्नुस्, अब त्यो पैसाको पनि ब्याज पाइन्छ ।

नेपाल राष्ट्र बैंकले बुधबार ल्याएको मौद्रिक नीतिमा खातावालको खाताबाट रकम काटिएको खण्डमा सम्बन्धित खातावालको खातामा निश्चित समय भित्रमा रकम फिर्ता गर्नुपर्ने र सो नगरिएमा बैंक तथा वित्तीय संस्थाले उक्त रकमको समेत ब्याज दिनुपर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाले यस्तो पैसा प्रकृया मिलाउन भन्दै लामो समयसम्म होल्ड गर्ने गरेको गुनासो गरेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

प्रकाशित : २७ असार २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह