Logo

राजनीति

नयाँ दल दर्ताका लागि माधव नेपाल निर्वाचन आयोगमा, दोस्रो तहका नेताले दिएनन् साथ


GDP नेपाल
   २ भाद्र २०७८, बुधबार


काठमाडौं ।

अन्ततः प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै माधवकुमार नेपाल समूहले नयाँ दल गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

नेपाल समूहले नयाँ पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’ राख्ने भएको छ भने चुनाव चिन्ह कलम राख्ने बताइएको छ । नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल स्वयंम छन् भने वरिष्ठ नेता झलनाथ खनाल छन् । स्रोतका अनुसार एमालेको केन्द्रीय कमिटीका ५८ जनाले दल दर्ताका लागि निवेदन दिएका छन् ।

त्यस्तै, स्रोतका अनुसार युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्यले नेता नेपालको साथ छोडेका छन् भने घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, सुरेन्द्र पाण्ड र अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।

प्रकाशित : २ भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह