पोखरा । नेपाली बजारमा सुजुकीको पहिलो इभी ई–भिटारा प्रतिस्पर्धी मूल्यमा बिक्री हुने भएको छ । पोखरामा बुधबार पहिलोपटक गरिएको घोषणा अनुसार ४९ लाख ९९ हजार रुपैयाँमा ई–भिटारा पाइने भएको छ ।
नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले बुधबार पोखरामा आयोजित वाडा अटो शोमा यसको मूल्य सार्वजनिक गरेको हो ।
कम्पनीले यसको सुरुवाती मूल्य अनपेक्षित रुपमा निकै आकर्षक रुपमा सार्वजनिक गरेको छ । यो विशेष सुरुवाती मूल्य सीमित अवधिका लागि मात्र उपलब्ध रहने तथा सुरुवाती भेरियन्टमा मात्र लागू हुने जनाइएको छ ।
जापानी अटोमेकरले देशमा भित्राएको यो पहिलो प्रिमियम बीइभी हो, जसले नेपाली विद्युतीय गाडी बजारमा जापानी विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङलाई स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ ।
सुजुकी ई–भिटाराका मुख्य विशेषता
१. उत्कृष्ट पर्फर्मेन्सः यो गाडी दुई उच्च–क्षमताका ब्याट्री विकल्पहरू ४९ किलोवाट आवर र ६१ किलोवाट आवरमा उपलब्ध छ, जसले क्रमशः १०८ किलोवाट र १२८ किलोवाटको दमदार पावर आउटपुट दिन्छ ।
२. क्लास–लिडिङ आउटपुटः यी उत्कृष्ट विशेषताहरूले ई–भिटारालाई यसको मूल्य वर्गमा उपलब्ध सबैभन्दा शक्तिशाली विद्युतीय गाडीको रूपमा स्थापित गर्दछ ।
३. विश्वसनीय लिगेसीः यसले अत्याधुनिक ईभी प्रविधिलाई सुजुकी ब्रान्डको प्रमाणित विश्वास, टिकाउपन र विश्वसनीयतासँग सहज रूपमा जोडेको छ ।
ई–भिटारा यस मूल्य दायरामा जापानी ब्रान्डबाट आउने पहिलो ईभी भएको कम्पनीको दावी छ ।
यो नवीनतम ब्याट्री प्रविधि र उच्च सुरक्षा मापदण्डहरूसहित सुसज्जित छ । यसको भविष्यमुखी डिजाइनले ड्राइभिङको आराम र रोमाञ्चकतालाई नयाँ उचाइमा पुर्याउने कम्पनीको विश्वास छ ।
देशभर फैलिएको सुजुकीको विशाल सर्भिस नेटवर्कले सबै ग्राहकहरूलाई तनावरहित र ढुक्कको स्वामित्वको अनुभव सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।
सुजुकीले सन् २०३० सम्म थप ६ नयाँ इभी लन्च गर्ने जानकारी पनि सिजीले दिएको छ ।
यी हुन् विशेषताः
बाहिरी आवरणः मस्कुलर र बोल्ड एसयूभी स्टान्स रहेको ई–भिटाराको बोल्ड पोलिहेड्रल स्टाइलिङ र एरोडाइनामिक डिजाइन छ । जस्तै १८ इन्च एरोडाइनामिक अलोय ह्वील र रूफ–एन्ड स्पोइलरले गाडीलाई बलियो र डाइनामिक लुक दिएको छ । नेक्स्ट–जेनेरेसन ३–पोइन्ट म्याट्रिक्स एलईडीहरू र एलईडी प्रोजेक्टर हेडल्याम्पहरूले यसको अगाडिको भागलाई थप आकर्षक बनाएको छ ।
भित्री आवरणः प्रिमियम, उत्कृष्ट र बहुमुखीपन रहेको ई–भिटाराको परिष्कृत इन्टेरियरमा डिजिटल ककपिटसहितको ट्विन–डेक फ्लोटिङ कन्सोल, नयाँ बिस्पोक स्टेयरिङ ह्वील, फिक्स्ड–ग्लास सनरुफ, र मल्टि–कलर एम्बियन्ट लाइटिङसहितको सफ्ट–टच डुअल–टोन मेटेरियल प्रयोग गरिएको छ, जसले प्रिमियम अनुभव प्रदान गर्छ । यसमा २५–६५ सेन्टिमिटर १०=१ इन्च को इन्टिग्रेटेड डिजिटल डिस्प्ले र २६=०४ सेन्टिमिटर १०=२५ इन्च को मल्टि–इन्फर्मेसन डिस्प्ले रहेको छ । इन्फिनिटी बाइ हर्मन’ को प्रिमियम साउन्ड र वायरलेस कनेक्टिभिटीले यो अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।
आरामदायी यात्राः यात्रीहरूको आरामलाई प्राथमिकता दिँदै, ई–भिटारामा भेन्टिलेटेड फ्रन्ट सिट र आफ्नो सेगमेन्टमै उत्कृष्ट १०–वे पावर–एडजस्टेबल ड्राइभर सिट रहेको छ। साथै, पछाडिको सिटमा ४०ः२०ः४० को स्प्लिट कन्फिगरेसन, सजिलो बुट एक्सेस, कप होल्डरसहितको रियर सिट आर्मरेस्ट, र रिक्लाइनिङ तथा स्लाइडिङ सुविधा उपलब्ध छ, जसले आवश्यकता अनुसार बुट स्पेस बढाउन मद्दत गर्छ ।
अत्याधुनिक तथा नवीनतम प्रविधि
नयाँ ईभी प्लेटफर्म रहेको ई– भिटारालाई पूर्णतया नयाँ ईभी प्लेटफर्म, हेयरटेक ईमा निर्माण गरिएको छ । यो प्लेटफर्म असाधारण मजबुती, फराकिलो केबिन, र उच्च भोल्टेज सुरक्षामा आधारित छ । २,७०० एमएमको लामो ह्वीलबेस र ५=२ मिटरको कम्प्याक्ट टर्निङ रेडियसले गाडीलाई सजिलै मोड्न र चलाउन सहज बनाउँछ। फ्ल्याट फ्लोर डिजाइनले उच्च–क्षमताको ब्याट्री प्याकलाई सुरक्षित राख्दै केबिन स्पेस बढाएको छ ।
पर्फर्मेन्स पूर्ण इलेक्ट्रिफाइड यसको इलेक्ट्रिक पावरट्रेनमा मोटर, इन्भर्टर र ट्रान्समिसन एकीकृत गरिएको उच्च क्षमताको ३–इन–१ प्रणाली रहेको छ । यो ६१ पध्ज र ४९ पध्ज का दुई लिथियम–आयन ब्याट्री प्याक विकल्पहरूमा उपलब्ध छ । ‘स्यान्ड टु स्नो’ जस्ता चरम तापक्रममा परीक्षण गरिएका यी ब्याट्रीहरूले –३० डिग्री सेन्टीग्रेडदेखि ६० डिग्रीसम्मको तापक्रममा पनि उत्कृष्ट पर्फर्मेन्स दिन्छन् ।
ड्राइभिङ अनुभवः यसमा इको, नर्मल र स्पोट्र्स गरी तीन मोडहरू छन्, साथै हिउँ परेको बाटोको लागि ’स्नो टेरेन मोड’ पनि दिइएको छ । यसमा वान–पेडल ड्राइभिङ अनुभवको लागि प्रभावकारी रिजेनेरेटिभ मोड पनि छ । इनोभेटिभ एडाप्टिभ ग्रिल सटरले गाडीको अवस्था अनुसार आफै काम गर्छ, जसले गर्दा यसले ५०० किलोमिटरभन्दा बढीको उत्कृष्ट रेन्ज प्रदान गर्छ ।
विस्तृत सुरक्षा सुविधाहरूमा यो गाडी प्लेटफर्म ५०% भन्दा बढी हाई–टेन्साइल स्टिलबाट बनेको छ र यसमा इनर्जी एब्जर्बिङ ब्याट्री प्याक माउन्टिङ स्ट्रक्चरसहितको एडभान्स्ड ब्याट्री सुरक्षा प्रणाली रहेको छ । ई–भिटारामा लेभल २ ब्म्ब्क्, स्ट्यान्डर्ड ७ एयरब्याग –ड्राइभर–साइड नी एयरब्याग सहित), इलेक्ट्रोनिक पार्किङ ब्रेक, चारै पाङ्ग्रामा डिस्क ब्रेक, ई–कल भ–ऋबिि सुविधा, टायर प्रेसर मोनिटरिङ सिस्टम लगायतका सुरक्षा सुविधाहरू समावेश छन् ।
यो गाडीको बुकिङ देशभरका सबै सुजुकी शोरुमहरूमा खुला गरिएको छ, र यो सुरुवाती मूल्य सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।










प्रतिक्रिया