Logo

अर्थनीति

बिक्नै छाड्यो नेपालीको कपाल ! तस्करीको आशंका


appharu
   ९ श्रावण २०७५, बुधबार


काठमाडौं । नेपालबाट निकासी हुँदै आएको मानव कपाल अहिले भने विक्री हुनै छाडेको छ । पछिल्लो दुई वर्षयता नेपाली कपाल निर्यात शून्यमा झरेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७२/७३ सम्म नेपालबाट मानव कपाल निर्यात हुँदै आएकोमा पछिल्ला २ आर्थिक वर्षमा कपाल निर्यात हुन सकेको छैन । २०७२/७३ मा नेपालले चीनतर्फ १ करोड ३० लाख रुपैयाँ बराबरको मानव कपाल निर्यात गरेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आव २०७३/७४ र २०७४/७५ मा कुनै पनि परिमाणमा कपाल निर्यात भएको छैन । नेपालबाट चीन लगायतका तेस्रो मुलुकमा कपाल निर्यात हुने गर्दछ ।

स्थानीय सैलुनमा महिला तथा पुरुषको काटिएर फालिएको कपाल सैलुन व्यवसायीमार्फत जम्मा गरेर व्यवसायीले निर्यात गर्ने गर्दछन् । यस्तो काममा भारतबाट आएका व्यवसायी संलग्न छन् ।

पुरुषको भन्दा महिलाको कपाल विक्रीका लागि योग्य मानिन्छ । चार इन्चभन्दा छोटो कपाल विक्री नहुने भएकाले त्यसभन्दा लामो कपालमात्र निकासी हुन्छ ।

औपचारिक माध्यमबाट निकासी नभए पनि भारतीय कामदार तथा व्यवसायीका माध्यमले अझै पनि ठूलो परिमाणमा कपाल निकासी भइरहेको हुनसक्ने अनुमान गरिएको छ ।

भारतको पश्चिम बंगालका व्यवसायीले अझै पनि काठमाडौंमा कपाल संकलन गरिरहेको एक व्यवसायी बताउँछन् । ति व्यवसायीले खुला सीमाको फाइदा उठाउँदै भारत निकासी गरिरहेको नाम नबताउने शर्तमा एक व्यवसायीले जानकारी दिए ।

नेपाली कपालको सबैभन्दा ठूलो ग्राहक चीन हो । तर, भारततर्फ तस्करी हुन थालेपछि चीन निर्यात ठप्प भएको हो । भातरबाट पनि उक्त कपाल चीन, कोरियालगायनतका मुलुकमा पुग्ने गरेको छ ।

कतिपय कपाल भने प्रशोधनपश्चात पुनः नेपालमै आयात हुने जानकारहरु बताउँछन् । बजारमा पाइने सक्कली कपाल महँगो हुने र त्यस्तै कपाल नेपाल भित्रने गरेको व्यवसायीको अनुभव छ । तर, सक्कली कपालको माग युरोपसम्म भएकाले नेपालमा कमैमात्र आउने गरेको उनीहरु बताउँछन् ।

प्रकाशित : ९ श्रावण २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह