Logo

बिजनेस होम

सिभिल ग्रुप अध्यक्ष तामाङ पक्राउ, सहकारीबाट ४६ करोड ठगीको उजुरी


GDP Nepal
   १९ आश्विन २०७८, मंगलबार


काठमाडौं। सिभिल सहकारीबाट ४६ करोड रुपैयाँ ठगी गरेको अभियोगमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्।

संविधान सभा सदस्य समेत रहेका तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले सोमबार सुन्धाराबाट पक्राउ गरेको हो।

तामाङसहित सिभिलका अन्य ११ जना कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको छ ।

ब्युरोका डीआईजी धीरज प्रताप सिंहले तामाङ पक्राउ परेको पुष्टि गरे ।

‘उहाँविरुद्ध ठगीमा उजुरी परेको हो, अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौँ,’ डीआईजी सिंहले भने।

नेपाल आवास तथा जग्गा विकासकर्ता संघका पूर्वअध्यक्ष तामाङ केही वर्षयता वित्तीय संकटमा छन् ।

घटनाको थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह