Logo

राजनीति

विद्यासुन्दरले काठमाडौंका खाल्डाखुल्डी पुर्न चाहेनन्ः उपमेयर खड्गी


appharu
   २४ श्रावण २०७५, बिहिबार


काठमाडौं । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गीले मेयर विद्यासुन्दर शाक्यले काठमाडौंका खाल्डाखुल्डी पुर्न नचाहेको खुलासा गरेकी छन् ।

“मेयरले चाहने हो भने काठमाडौंका खाल्डाखुल्डीहरु चाँडै नै पुरिनेछन्,” रिपोर्टर्स क्लबममा बिहीबार उममेयर खड्गीले भनिन्, “मेयरले चाहने हो भने दशैंअघि नै काठमाडौंका खाल्डाखुल्डीहरु पुरिन्छन् । तर चाहनुपर्यो ।”

उनले मेयरले अधिकार आफूसँग राखेकाले कुनै काम गर्न नपाएको दाबी गरिन् । “मसँग त अधिकार नै छैन्,’ खड्गीले भनिन्, “रानीपोखरी र धरहराको पेनर्निर्माणमा सम्पदा जोगाउनको लागि मैले अडान लिएर सफल पनि भएँ ।”

काठमाडौंमा धुलो र धुवाँ हुनुको प्रमुख कारण मेलम्ची खानेपानी आयोजना नै रहेको उनको भनाई छ । उनले भनिन्, “मेलम्चीको कारण अहिले काठमाडौंका सडकहरुको अवस्था अस्तव्यस्त छ । जताततै खनेर छोडिएको छ । चाँडोभन्दा चाँडो काम सम्पन्न हुनुपर्छ ।”

प्रकाशित : २४ श्रावण २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह