Logo

सूचना/प्रविधि

अब ७७ वटै जिल्ला सदरमुकाम र ब्यापारिक केन्द्रमा वाइफाई हटस्पट


appharu
   २७ श्रावण २०७५, आइतबार


काठमाडौँ,नेपाल टेलिकमले सबै जिल्ला सदरमुकाम र प्रमुख व्यापारिक केन्द्रमा वाइफाई हटस्पट सेवा दिने भएको छ । कम्पनीले डाटा सेवाको बजार विस्तारमा आफुलाई पहिलो बनाउन नयाँ नयाँ योजनाका साथमा चालु वर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।

चालु वर्षमा भ्वाइस सेवातर्फ कुल २७ लाख ३३ हजार टेलिफोन लाइन‍ थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पुर्याउने तथा डाटा सेवाको घनत्व पनि बृद्धि गर्दै ४५ प्रतिशत पुर्याउने योजना कम्पनीको छ । यस्तैगरी कम्पनीले आर्थिक वर्ष २०७५÷७६ मा कम्पनीको सञ्चालन आय ४४.२५ अर्ब पुर्याउने र कुल आय १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य तय गरेको छ  कम्पनीले गत आर्थिक वर्षमा ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चालु आर्थिक वर्ष २०७५÷७६ मा २२ अर्ब पूजीगत लगानी बढाउने भएको छ । कम्पनीले जिएसएम मोवाइल, फाइवर टु दी होम, ७७ वटै जिल्लामा वाइफाई सेवाको पुर्वाधार विस्तार तथा सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणको लगायतका परियोजनामा यो लगानी गर्ने भएको हो ।

दूरसञ्चार क्षेत्रमा मोबाइल तथा डाटा सेवाको माग बढ्दै गएकाले फोरजी तथा एलटीई सेवा कम्पनीको उच्च प्राथमिकतामा छ । कम्पनीले विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधि मार्पmत न्युनतम ५ सय १२ केविपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवाको हट स्पट स्थापना गर्ने जनाएको छ ।

चालु वर्षमा कम्पनीले जीएसएम मोवाइल सेवामा पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन बितरण गर्ने लक्ष्य लिइएको छ । सातै प्रदेशमा फोरजी सेवा बिस्तार गर्न बोलपत्र आव्हान भइसकेको छ र यसै आर्थिक वर्ष भित्र आवश्यक उपकरण जडान तथा नेटवर्क विस्तार गरी सेवा संचालनमा ल्याइनेछ ।

आधुनिक प्रविधिहरु उपयोग गर्दै कम्पनीले जीएसएम विस्तारको कार्यलाई थप चुस्त गर्ने लक्ष्य लिएको छ । यस आर्थिक वर्षमा सीडीएमए प्रविधिका ८१ हजार ६ सय २ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको प्रवक्ता प्रतिभा बैद्यले बताइन् । त्यस्तै पीएसटीएन सेवातर्फ ४२ हजार २ सय ६१ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य छ ।

प्रकाशित : २७ श्रावण २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह