Logo

राजनीति

पशुपतिमा ५ करोड ७९ लाख भेटी, विशेष पूजाबाट ७ करोड ७८ लाख


appharu
   ३ भाद्र २०७५, आइतबार


काठमाडौं । हिन्दुहरुको सबैभन्दा ठूलो आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा सर्वसाधारणले चढाउने भेटीभन्दा विशेष पूजाबाट बढी रकम संकलन हुने गरेको पाइएको छ ।

गत आर्थिक वर्षमा जम्मा ५ करोड ७९ लाख रुपैयाँमात्रै भेटी संकलन भएको छ भने विशेष पूजाबाट ७ करोड ७८ लाख संकलन भएको छ ।

नेपाल र भारतका लाखौं हिन्दुले दर्शन गर्ने पशुपतिनाथ मन्दिरमा भेटी चढाउने गर्दछन् । पशुपति क्षेत्र विकास कोषले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको विवरण अनुसार आव २०७४/७५ मा ५ करोड ७९ लाख रुपैयाँ भेटी संकलन भएको उल्लेख छ ।

आधा दशक अघिसम्म पशुपतिको सम्पूर्ण भेटीमा पूजारी भारतीय भट्टहरुको नियन्त्रण हुने गरे पनि पछिल्ला वर्षमा कोषले नै यसको लगत राख्दै आएको छ भने भट्टहरुलाई तलबी बनाइएको छ ।

कोषले बुझाएको विवरणअनुसार सरकारले गत वर्ष पशुपति क्षेत्र विकास समितिलाई २२ करोड ९० लाख बजेट पठाएको थियो भने कार्यालयतर्फ शीर्षकमा ३१ करोड ६७ लाख आम्दानी भएको उल्लेख छ ।

यसरी कोषले गत वर्ष ६८ करोड १४ लाख २१ हजार आम्दानी गरेको देखिन्छ ।

खर्च ४५ करोड ७७ लाख

कोषले गत वर्ष खर्च ४५ करोड ७७ लाख रुपैयाँ बराबरको खर्च गरेको छ । जसमा सरकारको पुँजीगत अनुदानबापत प्राप्त १३ करोड १८ लाख रुपैयाँ रहेको छ भने आन्तरिक पुन्ज्गित खर्च ७८ लाखमात्रै छ ।

यस्तै, कोषले आन्तरिक प्रशासनिक शीर्षकमा २२ करोड ८१ लाख खर्च गरेको देखिन्छ भने विशेष पूजामा कोषले ३ करोड ५२ लाख र नित्य पूजामा ३७ लाख खर्च गरेको छ ।

कोषले भट्ट, भण्डारी, रकमी कर्मचारीको तलब भत्तामा पनि ५ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ ।

प्रकाशित : ३ भाद्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह