नेपाल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ ।
बैंकले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा ३०३ जना कर्मचारी माग गरेको हो । सूचना अनुसार कक्षा १२ पासदेखि स्नातकोत्तर तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरुले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।
बैंकले सहायक प्रवन्धकमा ६२ जना, आइटीतर्फको सहायक प्रवन्धकमा ५ जना, चार्टड एकाउन्टेन्टतर्फको सहायक प्रवन्धकमा १५ जना र इलेक्ट्रिकल इन्जिनियरतर्फको सहायक प्रवन्धकमा १ कर्मचारी माग गरेको हो ।
त्यस्तै, विभिन्न प्रदेशका शाखा कार्यालयका लागि सहायक पदमा १९६ कर्मचारी माग गरेको छ । जसअन्तर्गत प्रदेश एक का लागि ४० जना, प्रदेश दुईका लागि २८, तीनका लागि ४२, चारका लागि २६, पाँचका लागि ३५, प्रदेश ६ का लागि १३ र सातका लागि १२ जना सहायक पदमा कर्मचारी माग गरिएको छ ।
प्रतिक्रिया