Logo

बिजनेस होम

टीआईएको धावनमार्गबारे भारतीय नेता विजय जोलीको विवादास्पद टिप्पणी ! (पत्रसहित)


appharu
   ६ आश्विन २०७५, शनिबार


काठमाडौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा भारतीय जनता पार्टीका एक वरिष्ठ नेताको विवादास्पद पत्र सार्वजनिक भएको छ ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपालको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) खतरामा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

जोलीले शुत्रबार यसबारेमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र पठाएका छन् । उनले अहिले नेपालको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थलको अवस्था नाजुक रहेको भन्दै पत्रमार्फत प्रधानमन्त्री ओलीसँग चिन्ता व्यक्त गरेका छन् ।

विमानस्थलको अवस्था खतरायुक्त भएको दाबी गर्दै यसलाई यथाशक्य चाँडो पुनर्निमाण गर्न सल्लाह समेत दिएका छन् ।

हालै भएको युएस बंगला विमान दुर्घट्नाबाट ठूलो मानवीय क्षतिभएको र टर्किश एयरलाईन्सको टिके—७२६ फ्लाईट पनि ठूला ेदुर्घट्ना हुनबाट जोगिएको स्मरणगर्दै उनले नेपाल नागरिक उड्ययन प्राधिकरणको पनि यसबारेमा ध्यान जानुपर्ने धारणा राखेका छन् ।

सन् २०१९ को फेब्रुअरीपछि मात्रै मर्मतसम्भार गर्दा धेरै ढिलो हुने भन्दै नेता जोलीले नेपाल सरकारको ध्यानाकार्षण गराएका छन् । उनले भनेका छ्, “यो अस्विकार्यछ र सबै अन्तर्राष्ट्रिय एयरलाइन्सहरुको लागि खतरा छ । नेपाल सरकारले अब एक घण्टा पनि विलम्ब नगरी यसको मर्मतसम्भार अथवा पुनर्निर्माणमा लाग्नुपर्छ । होईन भने यसबाट हुने दुर्घटनाले धेरै ठूलो मानवीय क्षति हुने खतरा मैले देखेको छु ।”

प्रकाशित : ६ आश्विन २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह