Logo

मुख्य समाचार

लोपोन्मुख खेल डन्डी-बियो खेलाउँदै गैरआवासीय नेपाली संघ


appharu
   २१ आश्विन २०७५, आइतबार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पहिलो पटक आयोजना गरेको प्रेसिडेन्शियल अवार्ड २०१८ अन्तर्गत आयोजित अन्तर कलेज स्तरीय डन्डीबियो प्रतियोगिता राजधानीमा सुरु भएको छ ।

खेलको संघका अध्यक्ष भवन भट्ट तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केसब कुमार बिष्टले आज बिहान संयुक्त रुपमा उदघाटन गरे ।

कुल १६ कलेज सहभागी खेलमा ६ कलेज अन्तिम प्रतिस्पर्धामा छनौट भएका छन् ।

रिम्स कलेज, ग्रिनफिल्ड कलेज, एजीएम कलेज, न्युटन कलेज, नाज्रेथ कलेज तथा कुटुम्ब कलेज यो खेलमा सहभागी छन् ।
नेपाल डन्डीबियो संघको प्राविधिक संयोजनमा भएको खेलमा प्रथम हुने टिमले ५० हजार, द्वित्तीय हुनेले ३०हजार तथा तृतीय हुनेले २०हजार नगद प्राप्त गर्नेछन् ।

कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय युवा संयोजक सुदन थापाले प्रतियोगिता मार्फत नेपालमा डन्डीबियो खेलको प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुग्ने आशा व्यक्त गरे ।

संघका अध्यक्ष भवन भट्टले परिषदको निर्णय स्वागत योग्य रहेको भन्दै संघको टोली आठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने र नेपाली खेलकुदको विकासमा गैरआवासीय नेपाली आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताए ।

संघका प्रवक्ता भूषण घिमिरेले प्रतियोगिताले गैरआवासीय नेपालीहरुलाई आफ्नो बाल्यकाल सम्झना आएको बताए । नेपाल डन्डीबियो संघका कार्यबाहक अध्यक्ष मोतीराम फुयालले गैरआवासीय नेपाली संघले डन्डीबियो खेललाई सम्झिएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस खेललाई जोगाइराख्न र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्न आग्रह गरे ।

परिषद्का सदस्य सचिव केशब कुमार बिष्टले आगामी आठौँ राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघको टोलीलाई सहभागी गराउने सम्बन्धमा औपचारिक निर्णय भएको जानकारी गराए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समिति संयोजक श्री गोविन्द प्रसाद गौतम, गैरआवासीय नेपाली संघ मध्य पुर्व क्षेत्रका उप क्षेत्रीय संयोजक प्रविन गुरुङ, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य मनोज गोर्खाली लगायत नेपाल डन्डीबियो संघका प्रतिनिधिहरुको सहभागिता थियो ।

 

प्रकाशित : २१ आश्विन २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह