Logo

बैंक / बिमा /शेयर

एनआईसी एसियाकोे शाखारहित बैंकिङ सेवा काभ्रेको महेन्द्रज्योति देउरालीमा


appharu
   ११ बैशाख २०७५, मंगलबार


काठमाडौं, ११ वैशाख । एनआईसी एसिया बैंक लिमिटेडले सहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथसाथै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । सोही क्रममा बैंकले पाँचौं शाखारहित बैंकिङ सेवा मंगलबार बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीबाट सञ्चालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ सेवाको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले गरे ।
उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि बैंकले प्रतिनिधिको रूपमा सन्तकुमार तामाङलाई नियुक्त गरेको छ । शखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन् ।

प्रकाशित : ११ बैशाख २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह