Logo

कर्पोरेट-बजार

ग्लोबल आईएमई म्युचुअल फन्डको १२ करोड इकाई ब्यालेन्स फन्ड– १ बिक्री खुला


GDP Nepal
   २३ असार २०७९, बिहिबार


काठमाडौं। ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गतको ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ को इकाइ बिक्री बुधबारबाट खुलेको छ। यो म्युचुअल फन्डले १२ करोड इकाइ बिक्रीमा ल्याएको हो।

उक्त इकाइमध्ये योजना व्यवस्थापक कम्पनीलाई १.५ प्रतिशत हुने १८ लाख कित्ता र कोष प्रवर्द्धकका लागि १३.५० प्रतिशतले हुने १ करोड ६२ लाख कित्ता छुट्याइएको छ। त्यसपछि बाँकी रहने १० करोड २० लाख कित्ता सर्वसाधरणलाई बिक्री गरिने फन्डले जनाएको छ।

यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल छ भने कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक छ।

अवधि १० वर्ष रहेको यो म्युचुअल फन्ड बन्दमुखी योजना हो। इकाइ बिक्री असार २२ बाट छिटोमा २६ गते र ढिलोमा साउन ४ गतेसम्म खुला रहने छ।

यो सामूहिक लगानी कोषमा न्युनतम १०० इकाइ तथा अधिकतम १ करोड २० लाख इकाइसम्मका लागि आवेदन दिन सकिन्छ। यसको कोषमा अंकित मूल्य प्रति इकाइ १० रुपैयाँका दरले बिक्री गरिने छ।

आवेदन आवेदन फारम सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।

प्रकाशित : २३ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह