Logo

मुख्य समाचार

राष्ट्रपति-प्रधानमन्त्रीबीच नयाँ द्वन्द्व सुरुः संवैधानिक परिषद्सम्बन्धी विधेयक पुनर्विचारका लागि फिर्ता !


gdpnepal
   २० बैशाख २०८३, आइतबार


काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक पुनर्विचारका लागि फिर्ता पठाएका छन्।

राष्ट्रपतिका कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार संविधान बमोजिम “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६” लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि पेश भएको थियो। तर राष्ट्रपतिले सन्देशसहित उक्त विधेयक फिर्ता पठाएका हुन्।

विज्ञप्तिमा यसअघि मन्त्रिपरिषद्को २०८२ जेठ २ गतेको निर्णयअनुसार जारी हुनुपर्ने “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८२” जारी नभएको विषय पनि स्मरण गराइएको छ। साथै, २०८३ वैशाख १४ गते मन्त्रिपरिषद्को निर्णयअनुसार सिफारिस भई आएको सो अध्यादेशको विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न आवश्यक देखिएको जनाइएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उक्त विधेयक पुनर्विचारका लागि सम्बन्धित निकायमा पठाइएको उल्लेख छ।

प्रकाशित : २० बैशाख २०८३, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह