Logo

Economy

नेपाल आर्थिक संघमा पुनः विश्वम्भर प्याकुर्‍यालः नीतिगत संवादलाई नयाँ ऊर्जासहित अगाडि बढाउने


gdpnepal
   २० बैशाख २०८३, आइतबार


काठमाडौं, वैशाख १९ । नेपाल आर्थिक संघको ३६औँ वार्षिक साधारण सभाले प्राध्यापक डा. विश्वम्भर प्याकुर्‍याललाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । संघले यससँगै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

प्राडा. प्याकुर्‍याल सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । संघको उपाध्यक्ष पदमा डा. पोषराज पाण्डे र प्रा. डा. गोविन्द नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

महासचिवमा डा. गोपाल प्रसाद तिवारी निर्वाचित भए भने सचिव पदमा डा. खोमराज खरेल र कोषाध्यक्षमा प्रा. डा. शान्ता सिंह चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमिति सदस्यहरूमा प्रा. डा. विजय श्रेष्ठ, प्रा.डा. केशवराज खड्का, प्रा. डा. शिवराज अधिकारी, प्रा. ड. कुसुम शाक्य, प्रा. डा. माधवप्रसाद दाहाल, डा. विष्णुदेव पन्त, डा. मणिकुमार नेपाल, डा. यादवमणि उपाध्याय तथा सुश्री जमुना श्रेष्ठ रहेका छन् ।

निर्वाचनपछिको सम्बोधनमा अध्यक्ष प्याकुर्‍यालले संघ स्थापना भएयताका चुनौतीहरूको स्मरण गर्दै हालका वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा विविध कार्यक्रम सञ्चालन गरी संघले आफ्नो उपस्थिति सुदृढ बनाएको उल्लेख गरे ।

विश्व बैंक, यूएनडीपी, नेपाल सरकार लगायत संस्थासँग सहकार्य गर्दै आर्थिक नीति, अनुसन्धान तथा समसामयिक विकासका विषयमा छलफल अघि बढाइएको र निकट भविष्यमा प्रदेशस्तरमा कार्यक्रम विस्तार गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

संघको उपलब्धिमध्ये, दक्षिण एसियाका अर्थशास्त्रका विद्यार्थी तथा नेपालका धेरै सहभागीहरूलाई सहभागी गराई सार्क क्षेत्रका प्रमुख आर्थिक मुद्दाहरूमा केन्द्रित क्षेत्रीय कार्यक्रम आयोजना गरिएको थियो। यसले संघको पहिचान र पहुँच उल्लेखनीय रूपमा विस्तार भएको अध्यक्ष प्याकुर्‍यालले बताए ।

 

प्रकाशित : २० बैशाख २०८३, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह