काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा क्याम्पा इनर्जी गोल्ड बुस्ट सार्वजनिक गरेको छ।
जसले ऊर्जा पेय (इनर्जी ड्रिंक) खण्डमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज सहितको क्याम्पा पोर्टफोलियो विस्तार गरेको छ ।
यससँगै सीजी रिलायन्सले कार्बोनेटेड सफ्ट ड्रिंक भन्दा बाहिर आफ्नो विस्तारलाई निरन्तरता दिँदै ऊर्जा पेय श्रेणीमा आफ्नो स्थान अझ मजबुत बनाएको छ ।
क्याम्पा इनर्जी गोल्ड बुस्ट एक अन्तर्राष्ट्रिय स्तरको ऊर्जा पेय हो, जसलाई विश्वस्तरीय गुणस्तर र प्रदर्शनलाई ध्यानमा राखेर तयार गरिएको हो। सीजी रिलायन्सले यसलाई सुलभ मूल्यमा उपभोक्तामाझ उपलब्ध गराएको छ ।
प्याक साइज र मूल्य
२५० एमएल क्यान — रु. ८०
क्याम्पा इनर्जी गोल्ड बुस्ट देशभरका खुद्रा आउटलेटहरूमा उपलब्ध भइसकेको छ, जसलाई सीजी रिलायन्सले आफ्नो बलियो वितरण सञ्जालमार्फत विस्तार गरेको छ। यो उत्पादन मकवानपुरको मनहरीस्थित सीजीको बोटलिङ प्लान्टमा उत्पादन गरिएको हो, जसले गुणस्तर र निरन्तर आपूर्ति सुनिश्चित गर्छ।
उपभोक्ताबाट प्राप्त प्रारम्भिक प्रतिक्रियाअनुसार यसको स्वाद, क्याफिनको प्रभाव तथा दिने ‘किक’ प्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
सीजी रिलायन्स बेभरेज प्रा. लि. चौधरी ग्रुप (सीजी) र रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसिपिएल) बीचको संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) हो।
कम्पनीले नेपालभर क्याम्पा ब्रान्डका पेय पदार्थहरूको उत्पादन र वितरण गर्दै आएको छ, जहाँ आरसिपिएलको ब्रान्ड शक्ति र सीजीको स्थानीय बजार अनुभवलाई प्रभावकारी रूपमा संयोजन गरिएको छ।
रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (आरसिपिएल) रिलायन्स इन्डस्ट्रिज लिमिटेडको एफएमसिजी क्षेत्रअन्तर्गत सञ्चालन हुने व्यवसाय हो, जुन भारतको सबैभन्दा ठूलो निजी क्षेत्रका कम्पनीहरूमध्ये एक हो।
आरसिपिएलले सन् २०२२ मा क्याम्पा ब्रान्ड अधिग्रहण गरी २०२३ मा भारतमा पुनः सार्वजनिक गरेको थियो। त्यसपछि क्याम्पा ब्रान्डले तीव्र वृद्धि गर्दै भारतीय पेय पदार्थ बजारमा उल्लेखनीय उपस्थिति बनाएको छ र हाल यूएई, ओमान, बहराइन तथा नेपाल लगायत अन्तर्राष्ट्रिय बजारमा विस्तार भइरहेको छ।
चौधरी ग्रुप (सीजी) नेपालकै अग्रणी विविधीकृत व्यवसायिक समूह हो, जसअन्तर्गत २०० भन्दा बढी कम्पनीहरू र २६० भन्दा बढी ब्रान्डहरू सञ्चालनमा छन्। यस समूहले फुड एन्ड बेभरेज, वित्तीय सेवा, शिक्षा, आतिथ्य, सूचना प्रविधि, रियल स्टेट र पूर्वाधार जस्ता विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ।
नेपालमा क्याम्पा ब्रान्डका उत्पादनहरूको उत्पादन र वितरण सीजीले नै सम्हाल्दै आएको छ, जसले आफ्नो बलियो बजार पहुँच, स्थापित आपूर्ति प्रणाली (सप्लाइ चेन) र स्थानीय उत्पादन क्षमतालाई उपयोग गर्दै आएको छ।










प्रतिक्रिया