काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने सेवानिवृत्त हुने दिन नजिकिँदै जाँदा झन् विवादित बन्दै गएका छन् ।
सचिव न्यौपानेको कार्यकाल साउन ११ गते सकिँदैछ । तर, त्यसअगावै उनी विदेश भ्रमणमा निस्किन लागेका छन् ।
न्यौपाने नेपाल पर्यटन बोर्डको खर्चमा दक्षिण कोरिया जान लागेका हुन् । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्षसमेत रहेका सचिव न्यौपानेलाई बजेटको व्यवस्थापन गर्न बोर्डले बजेट रकमान्तर गरिसकेको स्रोतले जनाएको छ ।
सचिव न्यौपाने सहभागी हुने कार्यक्रम अति सामान्य हो । कोरियामा रहेको नेपाल साँष्कृतिक केन्द्रको एक कार्यक्रममा उनी सहभागी हुन लागेको स्रोतले जनाएको छ ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई बोर्डबाट कारबाही गर्ने तत्कालीन मन्त्री प्रेम आलेको योजना आलटाल गरी असफल बनाइदिए वापत बोर्डले उनलाई कोरिया पठाउन लागेको बोर्डकै एक सञ्चालकले बताए ।
प्रतिक्रिया