नोपल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष गणेशप्रसाद लकान्द्रीले राजीनामा दिएका छन् । लकान्द्रीले एक विज्ञप्ति जारी गर्दै २८ असारमा राजीनामा दिएको जानकारी गराएका छन् ।
‘वर्तमान अवस्थामा मेरो पदीय दायित्व मात्र फेरिएको हो । यस मञ्चको सफलताको लागि खेलिने भूमिकामा कदापी कमी हुने छैन । यस मञ्चलाई शिखरतर्फ डोर्याउने कार्यमा सदैव एक सिपाहीको रूपमा लागिपरिरहने छु । मेरो पदभन्दा ठूलो यस मञ्च हो र यसलाई जसरी पनि बचाउनुपर्छ भन्ने मूलमन्त्रको साथमा मैले मेरो पदबाट राजीनामा दिएको छु,’ विज्ञप्तिमा उल्लेख छ ।
उनले मञ्च स्थापनका दिनहरुलाई सम्झदै आफूमाथि लागेका आरोपहरु कपोकल्पित र निराधार थियो भन्ने प्रमाणित भएको बताएक छन् ।
‘धेरै संघर्ष गरेर मञ्च जन्माएको बताउँदै उनले भनेका छन्,‘मेरो मानसपटलमा बिगतका ती दिनहरू झलझली आइरहेको छ । जुनबेला हामी सम्पूर्ण निजी कामहरू थाती राखेर यस मञ्चको स्थापनाको लागि घर, गल्ली र पसलहरू चहार्नु परेको थियो । त्यतिबेलाको कठोर मेहनत र परिश्रमको प्रतिफल नै हो आजको राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च । जुन आजको दिनमा सुनचाँदी क्षेत्रमा लागेका व्यवसायीहरूको आशाको केन्द्रविन्दु बनेको छ र राष्ट्रिय रूप धारण गरेको छ,’ उनले भनेका छन् ।
प्रतिक्रिया