Logo

कर्पोरेट-बजार

४ अर्ब लगानीमा रुपन्देहीमा श्री स्टिल्स उद्योग, देशकै ठूलो उद्योगबाट परीक्षण उत्पादन सुरु


appharu
   १२ कार्तिक २०७५, सोमबार


रुपन्देही । मुलुकमा लगानीको वातावरण बन्न नसकेको बताइए पनि पश्चिम नेपालको रुपन्देहीमा भने अहिलेसम्मकै ठूलो लगानीमा फलामे डण्डी उद्योग खुलेको छ ।

४ अर्ब लगानी रहेको श्री स्टिल्स प्रालि मुलुकमा हालसम्म लगानी भएका र क्षमताका आधारमा सबैभन्दा ठूलो उद्योग रहेको दाबी गरिएको छ । उद्योगले परीक्षण उत्पादनसमेत सुरु गरेको छ ।

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–३ धकधई क्षेत्रमा स्थापित उद्योगले २ सातादेखि परीक्षण उत्पादन गरिरहेको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए ।

दैनिक उत्पादन क्षमताको आधारमा यो स्टिल उद्योग नेपालकै सबभन्दा ठूलो उद्योग रहेको दाबी सञ्चालकहरूको छ । टिएमटी छड/रडहरूको परीक्षण उत्पादन गरिरहेको उद्योगले तिहार लगत्तै व्यावसायिक उत्पादन गर्नेछ, प्रबन्ध निर्देशक अग्रवालले भने ।

उद्योगबाट दैनिक ८ सयदेखि ९०० मेट्रिक टन छड उत्पादन हुनेछ भने बजारमा ‘श्री’ ब्रान्डका टिएमटी छडहरू आउने अग्रवालले जानकारी दिए ।

उद्योगले नेपालको स्टिल उद्योगमै नया किसिमको तथा नेपाली स्टिल उद्योगले अहिलेसम्म नभित्र्याएको जापानी प्रविधिबाट छड उत्पादन सुरु गरेको छ । ब्लकमिलबाट फिनीसिङ गरी विश्वस्तरको छड नेपालमै पहिलो पटक अब नेपाली उपभोक्ताले प्रयोग गर्ने कम्पनीले जनाएको छ ।

श्री स्टिल उद्योग पूर्ण रूपमा कम्प्युटरकृत छ । छडहरूको बन्डल बनाउने, तौल लिने सबै अटोमेटिक कम्प्युटरकृत प्लान्ट छन् । उद्योगबाट वार्षिक २ लाख ५० हजार टन टिएमटी छड उत्पादन गर्ने क्षमता छ ।

प्रकाशित : १२ कार्तिक २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह