गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा बैंकहरुले ७४ अर्ब ८० करोड १४ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा २३.१४ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष यहि अवधिमा बैंकहरुले ६० अर्ब ७४ करोड ३८ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।
यस्तै, बैंकहरुको वितरणयोग्य नाफा ५६ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार नबिल बैंकको वितरणयोग्य नाफा सबैभन्दा बढि रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नबिल बैंक लिमिटेडले रू.४ अर्ब ९७ करोडभन्दा बढी खुद नाफा गरेको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. ९ अर्ब १२ करोड एक लाख रुपैयाँ भन्दा बढी रहेको छ ।
त्यस्तै, वितरणयोग्य नाफा बढि भएको दोस्रो कृषि विकास बैंक रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कृषि विकास बैंकले २ अर्ब ६९ करोडभन्दा बढी मात्र खुद नाफा गरेको हो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।
उक्त वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा बढि रहेको बैंकमा एभरेष्ट बैंक रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ । असार मसान्तसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ ।
यस अवधिमा सबैभन्दा कम वितरणयोग्य नाफा भएको बैंकमा सनराइज बैंक रहेको छ । सनराइज बैैकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको छ । बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
त्यसैगरी, एक वर्षमा ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब २० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ भन्दाबढी रहेको छ ।
उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवमा १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ ।
त्यस्तै, माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी, लक्ष्मी बैंकले असार मसान्तसम्म १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब २ करोडभन्दा बढी खुद नाफा गरेको छ । असारमसान्तसम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।
त्यस्तै, यस अवधिमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ४ अर्ब ८ करोडभन्दा बढी खुद नाफा गरेको छ । असारमसान्त बैंकको वितरणयोग्य नाफा भने रू. २ अर्ब ३ करोड ८३ लाखभन्दा बढी रहेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले रू. २ अर्ब २६ करोड ९८ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।
त्यसैगरी, हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ अर्ब ४८ करोडभन्दा बढी खुद नाफा गरेको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब ६६ करोड १५ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।
प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नाफामा ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
उक्त वित्तीय विवरण अनुसार कुमारी बैंकको नाफा ४३.८७ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको हो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एनएमबि बैंक लिमिटेडले रू. ३ अर्ब ७० करोडभन्दा बढी खुद नाफा गरेको छ । चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. २ अर्ब ३९ करोड २४ लाखभन्दा बढी रहेको छ ।
यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा गत आर्थिक वर्षको भन्दा ३७.३८ प्रतिशले नाफामा वृद्धि गर्दै अन्य वाणिज्य बैंकहरुभन्दा बढी कमाउन सफल भएको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ रहेको छ ।
नेपाल एसबिआई बैंक लिमिटेडले १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । असारमसान्तसम्म उक्त बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी, सिद्धार्थ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ ।
बैंक अफ काठमाण्डूले आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, यस अवधिमा बैंकको वितरणयोग्य नाफामा १ अर्ब ३० करोड ९ लाख रुपैयाँ भन्दाबढि रहेको छ ।
त्यस्तै, सेञ्चुरी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको वितरणयोग्य नाफा पनि उलेख्य वृद्धि भएको छ । असारमसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९१ करोड १८ लखा रुपैयाँ भन्दा बढि रुपैयाँ छ रहेको छ ।
सिभिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । असार मसान्त सम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, मेगा बैंकले गत वर्षको अन्तिम त्रैमाससम्ममा २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा बैंकको नाफा सँगै वितरणयोग्य नाफा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ रहेको छ ।
नेपाल बैंकले नाफामा १० प्रतिशत बढाएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० प्रतिशतले नाफा बढाएर ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया